सुन्दरी नायिका सारा सिर्पालीको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनले आज बिहानैदेखि आफन्त र शुभचिन्तकबाट शुभकामना तथा आर्शिवाद लिइरहेकी छिन् । अभिनय क्षमताका कारण दर्शकको नजरमा परेकी अभिनेत्री सारा फिल्म ‘रुद्र’बाट अभिनय यात्रा तय गरेकी हुन् । उनले निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’मा देखिइन्। ‘सुश्री सम्पत्ति’ , ‘गुञ्जन’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
काठमाडौंमा जन्मे–हुर्केकी सारा डान्स भनेपछि बच्चैदेखि हुरुक्क हुने सुन्दरी हुन् । साराले प्लस टुपछि ६ वर्ष लन्डनमा बिताइन् । लन्डनको ६ वर्षको बसाइँमा उनले त्यहाँको ‘क्यापलान युनिभर्सिटी’मा ‘चार्टर्ड अकाउन्ट’को अध्ययन पूरा गरिन् । उक्त समय उनले लण्डनमा करिब डेढ वर्ष फोटोग्राफी पनि गरिन् । तर, जब सिर्पाली नेपाल फर्किइन्, त्यसपछि भने उनी अभिनय क्षेत्रमै सक्रिय छिन्। घुम्न र डुल्नकी सौखिन यि सुन्दरी सारालाई ओएस नेपालको तर्फबाट जन्मदिनको शुभकाना ।




















