बलिउड चर्चित नायिका तथा आइटम गर्ल मलाइका अरोरा कोरोना मुक्त भएकी छन् । उनले १४ दिनमा कोरोनालाई जित्न सफल भएकी हुन् । सेप्टेम्बर ७ मा कोरोना पुष्टि भएपछि उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् ।
मलाइकाले सामाजिक संजालमा स्टाटस लेख्दै आफू कोरोनामुक्त भएको जानकारी दिएकी हुन् उनले लेखेकी छन् ‘केही दिनपछि म मेरो कोठा भन्दा बाहिर छु । म भाग्यमानी रहेँ, किनकी मलाई यो भाइरसले निकै कम मात्र दुःख दियो । मलाई यो समयमा साथ र हौसला दिने सबैलाई धन्यवाद ।’
उनले, सबैलाई सुरक्षित रहन अपिल समेत गरेकी छिन् । त्यस्तै सेप्टेम्बर ७ मै उनका प्रेमी अर्जुन कपुरलाई पनि कोरोना पुष्टि भएको थियो । बलिउडमा यस भन्दा अघि अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय, निर्माता करिम मोरानी, गायिका कनिका कपुर, नायिका जेनेलिया डिसुजा लगायतलाई पनि कोरोना भएको थियो । उनीहरु सबैले कोरोनालाई जितिसकेका छन् ।




















