नेपाली फिल्म ‘अन्तराल′बाट फिल्मी यात्रा थालेकी नायिका तथा मोडल नम्रता सापकोटाको आज जन्मदिन परेको छ ।
जन्मदिनको अवसरमा बिहानैदेखि यि सुन्दरीलाई आफन्त, शुभचिन्तक र फ्यानले शुभकामना दिइरहेका छन् । नेपाली चलचित्र, म्युजिक भिडियो लगायत तीजका थुप्रै गीतमा काम गरिसकेकी नम्रता फिल्म ‘छक्का पन्जा’ को विष्णु चरित्रबाट थप चर्चामा आइन् । मिलनसार स्वभावकि नम्रता साथीहरुमाझमा असल साथीको रुपमा चिनिन्छिन।
चलचित्रको पर्दा भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त रहने नम्रता गायक प्रमोद खरेलको ‘चल बतास’ बोलको गीतबाट पाएको चर्चा बिर्सन नसक्ने बताउँछिन् । नम्रता आफुले गरेको कामबाट सन्तुष्ट रहेको र जिन्दगीमा आफुले सोचेको काम गर्न पाएकोले खुशी रहेको बताउँछिन् ।
सानोसानो कुरामा नअल्झी खुशी भएर जिउनु नै जीवनको स्वर्गीय आनन्द रहेको बताउने नम्रतालाई ओएस नेपालका तर्फबाट जन्मदिनको लाखौँ लाख शुभकामना ।


