×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ७ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

हजार कथाका एक्ला स्टार : नीराजन प्रधान

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ ३०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फिल्मका सुपर स्टारले कति नायिकासँग अनस्क्रिन रोमान्स गर्ने अवसर पाउलान् ? हदै भए दुई चार दर्जन। तर नेपालमा एक यस्ता कलाकार तथा मोडल छन् जसले सयौं युवतीसँग रोमान्स गर्ने सौभाग्य पाए। छोटो समयमै हजारभन्दा बढी म्युजिक भिडियो, विज्ञापन तथा साना चलचित्रमा अभिनय गरेर रेकर्ड बनाएका यी अभिनेता हुन्, नीराजन प्रधान।

    नीराजनले म्युजिक भिडियोमा अभिनय गर्ने मोडल तथा अभिनेत्रीसँग त रोमान्स गरे नै, ठूलो पर्दाका चल्तीका प्रायः सबै नायिकासँग पनि स्क्रिन सेयर गर्ने अवसर पाए। मिस नेपालदेखि चल्तीका मोडलसम्म, चल्तीका डान्सरदेखि नायिकासम्म उनको अँगालोमा देखिए।

    उनी अभिनीत धेरै गीतका भिडियोले युट्युब ट्रेन्डिङमा रेकर्ड बनाए भने केही सदाबहार बने। लकडाउनको यो विषम परिस्थितिमा पनि उनको व्यस्तता कायम नै रह्यो। यो अवधिमा उनका धेरै स्तरीय भिडियो सार्वजनिक भए। अहिले म्युजिक भिडियो पनि फिल्मझैं कथानक बन्न थालेपछि त झन् उनको डिमान्ड बढ्यो।

    यही क्रममा नीराजनले पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अभिनय गरेको ‘साँझ’ बोलको भिडियो दर्शकमाझ आयो। यसलाई दर्शकले निकै मन पराए। अहिले फर्केर हेर्दा उनले काम नगरेका निर्देशक तथा मोडल कमै मात्र बाँकी होलान्।

    तनहुँमा जन्मेका नीराजनले स्कुले शिक्षा त्यहीँबाट पूरा गरेका हुन्। उच्च शिक्षा अध्ययनसँगै आफ्नो सानैदेखिको नायक र मोडल बन्ने सपना मनभरि सँगाल्दै उनी राजधानी हानिए। केही समय विदेशी भूमिमा बिताएर नेपाल फर्किएपछि उनको मोडलिङ यात्रा सुरु भयो।

    उनको रंगीन दुनियाँको यात्रा पनि अलि फरक नै छ। फिल्म क्षेत्रमा काम गरिरहेका रोहित रुम्बासँगको भेटले उनलाई सुरुमा डान्सर बनायो। सुर्खेतमा आयोजित चलचित्र महोत्सवमा उनले नायिका अनु शाहसँग कोरियोग्राफर गोविन्द राईको कोरियोग्राफीमा नृत्य गरे। ‘त्यहाँ कलाकारको क्रेज देखेपछि मलाई यो क्षेत्रले मोहनी नै लगायो’, उनले सुनाए। सुर्खेत महोत्सवपछि कलाकार बन्ने भूतले झन् गाँज्यो उनलाई। त्यताबाट आएपछि पहिलो भिडियो नै आलोक नेम्वाङसँग गर्ने अवसर जुट्यो।

    ‘यो भिडियो रिलिज भएपछि मलाई अफरको खाँचो भएन’, उनले भने। उनले दोस्रो भिडियो नै वर्षा राउतको जोडी भएर गरे। भिडियोको क्रेज बढ्दै गएपछि विज्ञापनमा काम पाउन थाले। नेपालका प्रायः ठूला ब्रान्डका एडहरूमा नीराजनको राज हुन थाल्यो। गायक शिव परियारको ‘नभेटी नभेटी’मा उनले स्वस्तिमासँग जोडी बाँधे। हजारभन्दा धेरै भिडियोका नायक निराजनले काम गर्ने क्रममा विभिन्न संघसंस्थाबाट थुप्रै अवार्ड हात पारेका छन्।

    नीराजनलाई अहिले ठूलो पर्दाका थुप्रै फिल्मबाट पनि अफर आइरहेका छन्। ‘ठूलो पर्दामा जम्प गर्दा सबै कुरा हेरेर मात्रै गर्ने सुरमा छु’, उनले आफ्नो योजना सुनाए, ‘यही क्षेत्रमा जीवन बिताउने भएपछि सबैतिर काम गर्नुपर्छ। अबको फड्को फिल्म नै हो।’

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, भदौ ३०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.