आज चर्चित संचारकर्मी रबि लामिछानेको जन्मदिन परेको छ । विकिपिडियामा भने उनको जन्मदिन सेप्टेम्बर ५ मा अर्थात भदौ २० गते भनेर देखाईएको छ । तर उनको खास जन्मदिन आज भाद्र २८ गते रहेको छ । विकिपिडियाले उनको जन्मदीन १९७४ सेप्टेम्बर ५, मा भक्तपुरमा भएको खुलाएको छ ।
यसकै आधारमा उनलाई सामाजिक संजालमा गतसाताको सनिवार बिहानैदेखी सुभकामना दिनेहरुको ओइरो नै लागिरहेको थियो । आज पनि सुभकामना दिनेहरुको ओइरो छ । उनकी धर्मपत्नी निकिता पौडेलले पनि २ जनाको केही तस्वीरलाई आफ्नो फेसबुक आईडिमा राख्दै श्रीमान रबिलाई जन्मदिनको सुभकामना दिएकी छन् । विदेश र स्वदेशमा भइरहेका ठगिका घटना र दुखी पिडितहरुको पिडाको मलम बनेका उनी सबै नेपालिहरुको लागि प्रीय बनेका छन् ।
उनले केही वर्षअघि निकिता पौड्याल संग लगनगाठो कसेका थिए । उक्त बेला निकिता चलचित्र विकास बोर्डको अध्यक्ष थिइन् । भ्रष्टाचारीको भन्डाफोर गर्न जुझारु बनेका रबि लामो समयदेखि संचार क्षेत्रमा छन् । उनले सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी अन्तर्वार्ता चलाएर विश्व रेकर्ड बनाएका थिए । हाल लामिछाने न्युज २४ टेलिभिजनबाट ‘सिधाकुरा जनतासंग’ कार्यक्रम चलाईरहेका छन् ।




















