×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रेम सम्बन्धको प्रश्नले दिक्क करिश्मा

  •  गोरखा समाचार
  • आइतबार, भदौ २८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    करीब तीन दशकभन्दा लामो समय फिल्म क्षेत्रमा बेथित गरिसकेकी अभिनेत्री करिश्मा मानन्धरले केही वर्षयता अध्ययनका कारण अभिनयबाट दुरी बनाएकी छन् । पछिल्लो पटक फिल्म ‘जात्रै जात्रा’ को ‘माया पिरिम’ बोलको गीतमा देखिएकी उनले राजनीतिमा पनि आफ्नो उपस्थिति जनाइसकेकी छन् । तर, फिल्म अभिनयमा झैँ उनको राजनीति करिअर भने सुखद बन्न सकेन ।

    फिल्म ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी करिश्माको १८ वर्षको उमेरमा निर्माता विनोद मानन्धरसँग विवाह भएको थियो । बैबाहिक जीवनमा बाँधिएपछि उनको फिल्म करिअरले गति लिएको थियो । फिल्म अभिनयमा सक्रिय रहँदा उनको नाम विभिन्न व्यक्तिसँग जोडियो । एक छोरीकी आमा भइसकेकी करिश्मालाई तिनै व्यक्तिसँग जोडेर आजका दिनमा पनि प्रश्न गर्ने गरिन्छ ।

    यो उमेरमा पनि आफूलाई अन्तर्वार्तामा प्रेम सम्बन्धको प्रश्न आउने गरेकोप्रति उनले गुनासो पोखेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘एउटा महिला कलाकार भएको नाताले मैले घरीघरी भोग्नु परेको एउटा बिषय के हो भने तपाईं फलानोसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो रे ! म जुन क्षेत्रमा काम गर्छु त्यहाँ विभिन्न मानिसहरुसँग संगत हुन्छ, कतिसँग नजिक पनि भइन्छ, यो उमेरसम्म आउपुग्दा पनि अन्तर्वार्ताहरुमा त्यो एउटा प्रश्न जरुर आउँछ ।’

    अभिनेत्री करिश्माले प्रश्न गर्दै अगाडि लेखेकी छन्, ‘म एउटा विवाहित महिला हुँ, परिवारमा बस्छु, बिहे गर्ने उमेरको छोरी छ, अब यस्तो प्रश्नको के जवाफ दिउँ ?’ आफूसँग प्रेम सम्बन्ध रहेको भनिएका पुरुषलाई भने यो प्रश्न कहिल्यै नगरिने उनी बताउँछिन् । उनले आफू महिला भनेर हेपेको त होइन भनेर प्रश्न पनि गरेकी छन् । आफ्नो श्रीमान र परिवारको इज्जत गर्न उनको आग्रह छ ।

    ‘के दर्शकहरुलाई यस्तो प्रश्नको जवाफ सुनेर रमाइलो हुन्छ होला र ?’ उनले अगाडि लेखेकी छन्, ‘के बुझौं भने अहिलेको दर्शक स्रोता धेरै स्मार्ट हुनुहुन्छ सबै कुरा बुझ्नु हुन्छ ।’ करिश्माको यो स्टाटसबाट बुझ्न सकिन्छ कि उनी अन्तर्वार्तामा सोधिने प्रेम सम्बन्धको प्रश्नले दिक्क भएकी छन् । यसप्रकारका प्रश्नले आफ्नो परिवारमा समेत नराम्रो असर पर्ने गरेको उनको आशय छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, भदौ २८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.