टिकटक पछिल्लो समय टाइम पास गर्ने राम्रो माध्यम बनिरहेको छ । कत्तिले टिकटकलाइ टाइम पासका रुपमा लिइरहेका छन् भने कत्तिको लागि यो राम्रो प्ल्याटफ़र्म पनि बनिरहेको छ । टिकटकमा आम व्यक्ति देखि टप टप सेलिब्रेटीहरु पनि रमाइरहेको यो समयमा टिकटकमै आफुले अभिनय गरेको भिडियो अपलोड गरेकै कारण धेरैले धेरै खाले अवसर पाइरहेका छन् भने कत्ति अवसरको पर्खाइमा छन् ।
यस्तैमा टिकटक प्रयोगकर्ताका लागि राम्रो कार्यक्रमको आयोजना भएको छ । ‘मिस्टर एण्ड मिस टिकटक’ नाम राखेर यो कार्यक्रमको आयोजना भएको हो । यो कार्यक्रमको जजको रुपमा अभिनेत्री प्रियंका कार्की, कोरियोग्राफर कविराज गहतराज र कलाकार किरण केसी छन् । कार्यक्रमलाई जी.एम .आइ एकेडेमीले आयोजना गरेको हो । यो कार्यक्रम सेप्टेम्बर २९ सम्म छ ।
आयोजक टिमका महेश लामिछाने भन्छन्, ‘लकडाउनले गर्दा सबैको जीवन कष्टकर बनेको छ । यो समयमा हरेक व्यक्तिले आफूमा भएको ट्यालेन्टलाई सदुपयोग गर्नुपर्छ । त्यहि ट्यालेन्टलाई हामीले कदर गर्ने र पुरस्कृत गराउने सोचेका हौँ।’
कार्यक्रमको विजेताले १ लाख ५० हजार, एक फिल्म र दुइ म्युजिक भिडियो खेल्न पाउनेछ । सेकेन्डले १ लाख क्यास सहित एउटा वेव सिरिज र एउटा म्युजिक भिडियो खेल्न पाउनेछ । यस्तै, थर्डले भने ५० हजार क्यास र १ म्युजिक भिडियो खेल्न पाउनेछ ।




















