भर्चुअल तीज नृत्य प्रतियोगिताको उपाधि बर्दियाकी पूर्णिमा हमालले जितेकी छन् । नेपालगन्जको रेडियो कृष्णसारले आयोजना गरेको ‘आउ नाचौं’ तीज डिजिटल प्रतियोगिता आठौं श्रृङ्खलामा हमालले २४ प्रतिष्पर्धीलाई उछिन्दै प्रथम भइन्।
उनले नगद १५ हजार रुपैयाँ समेत हात पारेकी छन् । त्यसैगरी बाँकेको खजुराकी आशिका नेपाली दोस्रो, खजुराकै पूजा पुन मगर तेस्रो र नेपालगन्जकी एलिजा चौधरीले सान्त्वना पुरस्कार जितेका छन् । दोस्रोलाई १० हजार ,तेस्रोलाई ५ हजार र सान्त्वना हुनेलाई ३ हजार नगद प्रदान गरिने रेडियो कृष्णसारले जनाएको छ ।
डिजिटल संस्करणमा मौलिक परम्परागत कला संस्कृति झल्किने ३ मिनेटको तीज गीतमा नृत्य गरेको भिडियो सहभागीहरुले पठाएका थिए । सोही भिडियो र सामाजिक सञ्जाल फेसबुकमा आएको भ्यूज र लाइक्सको आधारमा नजिता प्रकाशित गरिएको हो ।




















