गायक राज खम्बु र गायिका सुजता वर्माको स्वरमा ‘मुना’ बोलको गीत युट्यूबमा सार्वजनिक गरिएको छ । सार्बजनिकको एक सातामा भिडियो ट्रेन्डिङको शिर्ष ४ मा पुगेको छ । मिस्टर आरजेको संगीत र नवराज कलाउनीको शब्द संरचना रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुसैन, अभिनेत्री स्वस्तिमा खड्का र रियाशा दाहालले अभियन गरेका छन् ।
यो समाचार तयार गर्दैगर्दा भिडियोलाई २४ लाख ४५ हजार बढी पटक हेरिएको छ । सार्बजनिक भिडियोको गीतमा गायक खम्बु र गायिका वर्माका साथसाथै मिस्टर आरजेले पनि गीतमा स्वर दिएका छन् । त्यस्तै सकारात्मक प्रतिक्रिया पाएको भिडियोलाई झन्डै १ लाखले लाईक गरेका छन् ।
अमेरिकामा रहँदै आएका गायक राज खम्बुले यस अघि कर्कले पात, यही त होला माया, हेरन कान्छी, चारै दिशा लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् । खम्बु अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा संक्रिय रहँदै आएका छन् । भिडियोलाई एटके एभरेस्ट मोसन पिक्चर नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । भिडियोमा नाजिरको श्रीमती रियाशा र सालीको रुपमा स्वस्तिमा छिन् ।


