चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रै लागि हो भने’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नवराज न्यौपानेको शब्द संगीत रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ । गीतको भिडियोलाई प्रमोद खरेलको युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।
पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले फिचारिंग गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । भिडियोमा निसल पौडेलको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।
यूवा-यूवतीको प्रेमभावलाइ व्यक्त गरिएको गीतमा सर्जक नवराज न्यौपानेले पहिलो सिर्जनाबाट नै अब्बल सावित देखिने भएका छन् । गीतको भिडियो रिलिज संगै सामाजिक संजालहरुमा राम्रा राम्रा प्रतिक्रिया आउन सुरु भइसकेको छ ।
हेर्नुस् भिडियो


