चर्चित नायक पल शाह र चर्चित नाइका वर्षा सिवाकोटीको दमदार अभिनय रहेको म्युजिक भिडियो ‘पर्ख तिमीलाई’ दर्शकहरुसमक्ष ल्याइएको छ ।
किशोर सिवाकोटीको स्वर रहेको यस गीतमा एक नारायण भण्डारीको शब्द रहेको छ भने चर्चित सङ्गीतकार स्वरुपराज आचार्यले सङ्गीत भरेका छन् ।
‘पर्ख तिमीलाई’ गीतमा पल शाहको निकै राम्रो नृत्य हेर्न सकिन्छ भने वर्षाको पनि लजालु पन र नृत्य उत्तिकै राम्रो भएको हेर्न सकिन्छ ।
यस गीतमा बुद्ध थापाको क्यामेरा, विकास धमलाको इडिट रहेको छ भने सन्जिव बराइलीले एरेन्ज गरेका छन् । के के म्युजिक र निकेश खड्का क्रिएसनबाट प्रस्तुत गरिएको यो म्युजिक भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका छन् भने निकेश खड्काले निर्देशन गरेका हुन् ।
हेर्नुस भिडियो




















