बलिउड चर्चित नायक अर्जुन कपुर र नायिका मलाइका अरोरालाई कोरोना संक्रमण पुष्टि भएका बेला अकी सुन्दरी नायिका सारा खानलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
आफुमा कोरोना संक्रमणको पुष्टि भएसँगै अभिनेत्री साराले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । टेलिसिरियलमा काम गर्दै आएकी साराले आफुलाई कोरोना पोजेटिभ देखिएको बताईन ।
घरेलु उपचार विधि अपनाइरहेका कारण आफु छिट्टै निको हुनमा भगवानुसँग प्राथना गरेको स्टाटसमा लेखेकी छिन् । आफुलाई कोरोना संक्रमण भएको र होम क्वारेन्टिनमा रहेको बारे साराले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।




















