कविता
ऋषिराम लामिछाने/गोरखा
नेपालीका मुहार फेर्न तिमी लाग्यौ निरन्तर
तिम्रो त्याग नबुझ्ने त नेपाली नै को पो छर ?
सभ्य परिवारका तिमी रोजगारी पिताजीको
देशको चिन्ता नगर्दा नै तिमीलाइ थियो निको ।
भोको पेट नाङ्गो शरीर चुहिने छाना नेपालीको
देशको अन्याय फाल्न शरण लियौ विहारीको
कहिले देश द्रोही बन्यौ कहिले सत्ताच्युत भयौ
हाम्रो स्वतन्त्रता खाँतिर तिमी आफु जेल गयौ ।
प्रधानमन्त्रिको पदभन्दा प्रजातन्त्र महान बनाइ
भारतबाट नेपाल छि-यौ अघि सार्दै मिलापलाइ
राजा,राणा ,दल सबै देशको लागि मिल्यौँ भन्यौ
यी नेपाली जनका निम्ति तिमी सहनशिल बन्यौ ।
अर्वुद्द रोगले पिडित ज्यानको बाजि जीवन भर
तिम्रो ती ऋण नेपालीले तिरी कहिले सकिन्छर ?
तिम्रो तस्विर सपना बाँडि लुट्ने भय अनेक थरि
नेपालीका जीवन स्तर फेरियनन् यहाँ कसै गरि ।
देश लुट्न र भाइ मार्न पराइसँग साँठगाँठ अनेक
ब्यक्तिगत स्वार्थ निम्ति मध्य रातमै फेर्दै विधेयक
आजीवन सत्ता र दल आफैँ शाशन चलाऊँ भनी
लुट्ने खानेमात्र भए यहाँ कठोर महिशासुर बनी ।
बर्ष भरमा एकदिन तिम्रो तस्विर पुज्छन् देव सरि
अरु दिन यहाँ कहिल्यै कोहि शम्झँदैनन् कसैगरी
प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्र यी सबै आइसके
अनेक नाम र रुप फेर्दै पालैपालो देश खाइसके ।
नेताका रुपरङ् फेरिय सडकछाप नि अमिर भए
लोकतन्त्र खाँतिर मरे उनका सन्तान अनाथ भए
पुरै नेपालीलाइ दुधभात खुवाने तिम्रो धोको रह्यो
यो देशमा वि..पि. तिम्रो सपना साकार नहुने भयो ।



