×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

छेतनलाई यसरी सम्झन्छन् निर्देशक राउत

  •  गोरखा समाचार
  • बुधबार, भदौ २४, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली फिल्म क्षेत्रले राम्रो सम्भावना बोकेको लेखक तथा निर्देशक गुमाएको छ, छेतन गुरुङ । मंगलवार विहान २ गते काठमाडौंको मेट्रो अस्पतालमा अन्तिम सास लिएका उनको २०३५ साल माघ २२ गते जन्म भएको थियो । ४२ वर्षको उमेरमा संसार छाडेका उनले ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा डेब्यू गरेका थिए भने थुप्रै फिल्मको स्क्रिप्ट लेखिसकेका छन् ।

    २०१४ मा आएको दिनेश राउत निर्देशित फिल्म ‘नोभेम्बर रेन’ को कथा, पटकथा र संवाद लेखेर उनी फिल्म क्षेत्रमा भित्रिएका थिए । उनलाई पहिलो फिल्मले नै कुशल लेखकको रुपमा पहिचान दिलाएको थियो । एनएफडिसी फिल्म अवार्डमा यही फिल्मबाट उत्कृष्ट लेखकको अवार्ड जितेका गुरुङले यसपछि ‘क्लासिक, डायरी, ए मेरो हजुर ३’ लगायतका फिल्मको स्क्रिप्ट लेखेका थिए ।

    उनले लेखेका दुई फिल्म ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ का निर्देशक दिनेश राउतले फिल्म क्षेत्रले एक प्रतिभावान व्यक्ति गुमाएकोमा दुःख व्यक्त गरेका छन् । छेतन गुरुङलाई सम्झँदै उनले फिल्मीखबरसँग भने- ‘ऊ एकदमै क्रियटिभ मान्छे हो । कसैको चित्त नदुखाउने, कसैको कुभलो नसोच्ने मान्छे थियो । सबैका लागि सबै राम्रो होस् भन्ने सोच्थ्यो । एकदमै सकारात्मक सोच थियो ।’

    उनी छेतन गुरुङलाई इमोसनल फिल्म राम्रोसँग लेख्न सक्ने लेखक भन्न रुचाउँछन् । निर्देशक राउत भन्छन्, ‘ऊ आफू पनि इमोसनल मान्छे थियो । त्यसैले इमोसनल चीज उसले फिल गर्न सक्थ्यो र इमोसनल चीजलाई राम्रोसँग लेख्न सक्थ्यो । म उसको लेखन शैलीबाट प्रभावित छु ।’ तर, उनी आफ्नो स्वास्थ्यप्रति गम्भीर नभएका कारण आजको परिणाम आएको राउतको भनाई छ ।

    उनको गएको चार दिन अगाडि छेतन गुरुङसँग अन्तिम पटक भेट भएको थियो । काभ्रेमा फिल्म ‘हुतुतु’ को स्क्रिप्टको छलफलका लागि उनीहरुबीच भेट भएको थियो । ‘काभ्रेबाट हामी सँगै आएका थियौं र उसलाई घर छाडेका थियौं । घर पुगेपछि ऊ फेरि भेटघाटका लागि निस्किएछ । एक दिन साथीसँग बसेर घर फर्किँदा स्वास्थ्य विग्रिएपछि अस्पताल लगिएको रहेछ,’ उनले भने ।

    लेखक तथा निर्देशक छेतन गुरुङको असामयिक निधनले यतिबेला फिल्म क्षेत्रमा शोक छाएको छ । फिल्मकर्मी तथा दर्शकहरुले उनलाई सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेन ठकुरीले उनलाई आफ्नो जीवनको अद्दभुत मान्छे भनेका छन् । निर्देशक गुरुङले निर्देशन गरेको अन्तिम फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनको पखाईमा छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, भदौ २४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.