×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

लकडाउनपछि नम्रतादेखि स्वस्तिमाको पारिश्रमिक घट्यो कि बढ्यो ?

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    लकडाउनका कारण ६ महिनादेखि नेपाली चलचित्रको काम ठप्प छ । चलचित्रको छायांकन र रिलिज रोकिएका छन् । चलचित्रकर्मीहरु काम कहिले सुरु हुन्छ भन्ने आशमा छन् । केही निर्माताहरु चलचित्र निर्माणका लागि कलाकार समेत छनोट गरेर बसेका छन् ।

    लकडाउन भएपछि निर्माताहरुलाई चलचित्र बनाउन समस्या नहोस् भनेर धेरै कलाकारले आफ्नो पारिश्रमिक कटौती गर्ने पनि बताएका थिए । नायक दयाहाङ राई, पल शाह, नायिका स्वस्तिमा खड्का लगायतले पारिश्रमिक कम गरेर काम गर्न आफूहरु तयार भएको बताएका थिए ।

    नायिका नम्रता श्रेष्ठ र नायक विपिन कार्कीले करिब एक महिना अगाडि चलचित्र ‘प्रसाद २’ साइन गरेका हुन् । हुनत, यो चलचित्रका लागि उनीहरुले २५ लाख पारिश्रमिक मागेको चर्चा पनि नचलेको होइन । तर, वुझिएअनुसार यो चलचित्रका लागि उनीहरुले उच्च पारिश्रमिक लिएका छैनन् । ‘प्रसाद’मै लिए अनुसारको पारिश्रमिक उनीहरुले ‘प्रसाद २’मा लिएका छन् । उनीहरुले १२ देखि १५ लाखको विचमा पारिश्रमिक वुझेका छन् । यसैले, लकडाउनपछि पनि उनीहरु महंगिएका भने छैनन् ।

    नायिका स्वस्तिमा खड्काले चलचित्र ‘चिसो मान्छे’मा काम गर्ने पक्का भएको छ । कागजी रुपमा संझौता नभएकाले पनि उनको पारिश्रमिकको कुरा नभएको निर्देशक दिपेन्द्र के खनाल बताउँछन् । खनालले भने – ‘स्वस्तिमाले पारिश्रमिक भन्दा पनि चलचित्र नै उत्कृष्ट बनाउनुपर्छ भन्नेमा बढी ध्यान दिएकी छिन् । कोरोनाका कारण चलचित्र क्षेत्र के हुन्छ भन्ने अवस्थामा रहेकाले राम्रो चलचित्र बनाउनुपर्छ र काममा कुनै संझौता गर्नुहुदैन भन्ने स्वस्तिमाको तर्क छ । पारिश्रमिकमा उनको ध्यान गएको मैले पाइनँ ।’

    नायिका स्वेता खड्काले पनि यम थापाको निर्देशनमा बन्ने चलचित्र साइन गरेकी छिन् । यो चलचित्रका लागि स्वेताले महंगो पारिश्रमिक लिएकी छैनन् । स्वेताले यसैपनि बाहिरी ब्यानरका कमै चलचित्रमा काम गरेकी छिन् । उनले बाहिरी ब्यानरको चलचित्र खेल्दा पारिश्रमिकमा डिमाण्ड नगरेको वुझिएको छ ।

    कोरोनाका कारण अस्तव्यस्त भएको चलचित्र क्षेत्रलाई अगाडि बढाउन सबैको हातेमालो आवश्यक छ । यस्तो समयमा चलचित्रमा लगानी गर्ने निर्मातालाई सुरक्षित बनाउनु आम चलचित्रकर्मीको मुख्य दायित्व पनि हो । यसैले, कलाकारदेखि प्राविधिक र अन्य चलचित्रकर्मीले पारिश्रमिकको बार्गेनिङमा बस्नु भन्दा राम्रो चलचित्र बनाउनमा ध्यान दिन आवश्यक छ

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.