पछिल्लो समय नेपाली सिने नगरिका चर्चित अनुहारहरुले म्युजिक भिडियोमा अड्डा जमाउन थालेको छ । कोरोनाको कारण भएको लकडाउनले सिने क्षेत्र ठप्प भएपछि नायक नायिकाहरुको लगाव यता देखिएको हो । जसमा पल शाह र एलिजा गौतम अगाडि देखिएका छन् । यो जोडिको एक पछि अर्को म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक हुने क्रम बढेर गएको छ ।
फिल्ममा असफलता बेहोरेकी गौतम म्युजिक भिडियोमा भने सफल भईन । पछिल्लो समय गौतम र शाह अभिनित अर्को एक गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका बिष्णु माझी र अमेरिकामा बस्दै लामो समय देखि निरन्तर दोहोरी क्षेत्रलाई स्थान दिदै आएका पवन ओलीको स्वरमा रहेको ‘धानै कुट्ने ढिकी’ मा यो जोडि देखिएको हो ।
लोक शैलीमा निर्माण भएको गीतको सार्बजनिक भिडियोमा पल र एलिजाले मज्जैले कम्मर मर्काएका छन् । भिडियोलाई लोकप्रिय निर्देशक शिब बिकले निर्देशन गरेका छन । गीतको छायांकन भने अर्जुन तिवारीले गरेका हुन भने पवन ओलिले नै गीतको शब्द तथा संगीत भरेका छन् । उक्त गीतको म्युजिक भिडियोमा झन्डै ७ लाख लगानी भएको निर्माण टिमले बताएको छ । एलिजा गौतमलाई लोक शैलीको गीत निकै फापेको छ ।
हेर्नुस् भिडियो




















