×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सोनु सुदको प्रेरणाले गाउँका आदिवासी युवाले बनाए सडक

  •  गोरखा समाचार
  • बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना महामारी सुरु भएसँगै बलिउड अभिनेता सोनु सुदले प्रेरणादायी काम गरिरहेका छन् । लकडाउनले भारतका विभिन्न स्थानमा अड्किएका मजदुर तथा अन्य निम्न आय भएका कामदारलाई आफ्नो घर फर्काउन देखी रोजगारी दिने र अन्य विभिन्न किसिमका सहयोग गरिरहेका छन् । यसले उनलाई निकै चर्चित बनायो ।

    दैनिक जीविकोपार्जनमा अप्ठ्यारो पर्नेका लागी उनी निकै प्रिय भए किनकि उनले खोसिएको गाँस मात्र दिएका छैनन् धेरैका लागी प्रेरणा बनिरहेका छन् । यसै बिच उनी फेरी चर्चामा आएका छन् । सुदले सिङ्गो गाउँका युवाहरूलाई प्रेरित गरेका छन् । उनले भारतको एक विकट गाउँमा सडक निर्माण गर्न प्रेरणा गरेका छन् ।

    आन्ध्र प्रदेश राज्यको विजियनगरम जिल्ला, सालुरू मण्डलमा युवाले कुनै सरकारी अधिकारी र सहयोग बिना नै गाउँमा सडक निर्माण गरेका छन् । ७० वर्षदेखि मुख्य सडकसँग नजोडिएका आदिवासी गाउँहरू कोडामा, चिन्तामाला, बारा, सिरीवारामा प्राथमिक स्वास्थ्य केन्द्र पुग्न नै ५ किमी पैदल हिँड्नु पर्छ । गाउँका आदिवासी नेता मालाती डोरीकाका अनुसार सडक निर्माण गर्दिनका लागि सरकारलाई धेरै निवेदनहरू पठाइएका थिए, तर अधिकारीहरूले यस क्षेत्रका लागि कुनै प्रयास गरेनन् ।

    सोनुबाट प्रेरित भएर युवाहरूले २ महिनाभित्र सडक निर्माण सम्पन्न गरेको बताएका छन् । पेसाले खेती किसानी भए पनि बिस्तारै त्यहाँका मानिसले स्मार्टफोनको प्रयोग गर्न थालेका थिए । उनीहरूले सोनु सूदले लकडाउनको समयमा गरेको सहयोगको भिडियो, फोटो तथा समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा आएका खबर हरू पछ्याइरहेका थिए ।

    सोनुको यस्तै प्रेरणादायी भिडियो ती युवाहरूले हेरेपछि युवाहरूले सरकारी तथा गैरसरकारी सहयोग नलिएर आफ्नै पहलमा गाउँमा सडक निर्माण गर्ने फैसला गरे । निर्माणका लागि गाँउलेहरु कै सहयोगमा चन्दा सङ्कलन गरेर युवाहरूले नै श्रम दान गरे, सबै मिलेर कुल २० लाख रुपैयाँ जम्मा गरे, करिब १० लाख रुपैयाँ त स्थानीय पसल सञ्चालक एवं व्यापारीले जुटाए, नपुगेको ३० लाख जुटाउन महिलाहरूले आफ्ना गर गहना समेत धितो राखे ।

    यसको कसैले विरोध गरेनन् । जसको फलस्वरूप दुई महिना भित्र आन्ध्र प्रदेशको चिन्ता मालादेखि ओडिशाको सबकुमारीसम्मका लागि ६ किलोमिटर र कोडामादेखि बारीसम्म ५ किलोमिटर सडक विस्तार भयो । यसरी आफ्नो कामबाट प्रभावित भएर समुदाय स्तरबाट नै यती साहसिक काम सम्पन्न गरेकोमा सोनुले खुसी व्यक्त गरेका छन् ।

    युवा र स्थानीयहरूको यस प्रयासको प्रशंसा गर्दै उनले ट्विट गरेका छन् । उनले यसरी जिम्मेवारी काँधमा बोकेर सबैलाई प्रेरणा दिने युवाहरूको अझै धेरे खाँचो भएको भन्दै चाँडै त्यहाँ जानेसमेत बताएका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, भदौ १७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.