×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

यी हुन् लकडाउनपछि करोड क्लबमा पुगेका ४ गीत

  •  गोरखा समाचार
  • बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाल सरकारले करिब ४ महिना लामो लकडाउनलाई लुजडाउनमा परिणत गरेसँगै म्युजिक भिडियो निर्माणमा बाढी नै आयो । चलचित्रको काम ठप्प हुँदा चलचित्रका कलाकारदेखि टिकटकका नयाँ प्रतिभा भिडियोमा व्यस्त बने । लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये कतिपयलाई दर्शकले रुचाए, कतिपय असफल भए ।

    धेरै मेकरहरु त युटुबको भ्यूज र ट्रेन्डिङको आत्मरतीमा रमाए, तर उनीहरुको लाखौ रकम बालुवामा पानी जसरी सकियो । लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये ४ वटा गीत करोड क्लबमा प्रवेश गरेका छन् । यी चारै गीतलाई दर्शकले रुचाएका छन् । कतिपय गीतहरु सार्वजनिक भएको केही समयपछि दर्शकले मन पराएर करोड क्लबमा प्रवेश गरेका छन् भने कतिपय गीतहरु सार्वजनिक हुने वित्तिकै आक्रामकरुपमा करोड क्लबमा प्रवेश गरे ।

    १. ए है मायाः लकडाउन लुजडाउनमा परिणत भएसँगै निर्माण गरेर रिलिज गरिएको पहिलो गीत हो, ‘ए है माया’ । यो गीत सार्वजनिक भएको साढे २ महिना भयो । यो गीतलाई हालसम्म १ करोड ५३ लाख भन्दा बढी पटक हेरिएको छ । २ लाख २१ हजार लाइक्स कमाएको यो गीतमा १२ हजार ७ सय भन्दा बढी प्रतिक्रिया आएका छन् । लकडाउनपछि करोड क्लब टेक्ने पहिलो हिट गीत बनेको ‘ए है माया’मा मेलिना राई र सरोज वलीको स्वर, दिपक शर्माको संगीत, सरोज वलीकै शब्द छ ।


    भिडियोमा पल शाह, रियाशा दाहाल, सागर लम्साल, सुधिर श्रेष्ठको अभिनय छ । सरोज वलीले भिडियोको निर्देशन गरेका हुन् ।

    २. के माया लाग्छ रः दर्शकले सर्वाधिक रुचाएको अर्को गीतमा पर्छ, ‘के माया लाग्छ र’ । यो गीत सार्वजनिक भएको २ महिना भयो । २ महिनामा गीतलाई हेर्नेको संख्या १ करोड ३७ लाख भन्दा धेरै छ । गीतको भिडियोमा १ लाख ९२ हजार लाइक्स आएको छ भने ४ हजार ६ सय भन्दा बढीले प्रतिक्रिया दिएका छन् । दर्शकले अत्याधिक रुचाएको यो गीतमा निशान भट्टराई र एलिना चौहानको स्वर, हर्क साउँदको शब्द रअंकितबाबु अधिकारीको संगीत छ । भिडियोमा मुकुन भुषाल र सुरविना कार्कीको मोडलिङ हेर्न सकिन्छ । भिडियोलाई नविन चौहानले निर्देशन गरेका हुन् ।

    ३. माया मारेरः नरेश खाती र समीक्षा अधिकारीको स्वर, नरेश खातीकै शब्द तथा संगीतमा तयार भएको ‘माया मारेर’ बोलको गीतले पनि युटुबमा एक करोडभन्दा बढी भ्यूज पाएको छ । सार्वजनिक भएको करिब ३ महिनामा यो गीतलाई हेर्नेको संख्या १ करोड १७ लाख भन्दा बढी छ । गीतको भिडियोमा १ लाख २६ हजारले लाइक गरेका छन् भने करिब ७ हजारले प्रतिक्रिया दिएका छन् । नरेश खातीकै निर्देशनमा तयार भएको भिडियोमा कमल ढुंगाना, रुपेश मगर, जेम थापा, बालबहादुर खातीको अभिनय छ ।

    ४. ओई काजलः चक्र बमको आवाजमा समावेश ‘ओई काजोल’ पनि सर्वाधिक रुचाइएको अर्को गीत हो । यो गीत सार्वजनिक भएको करिब २ महिना भयो । यो गीतको भिडियोलाई युटुबमा १ करोड ५५ हजार भन्दा बढी पटक हेरिएको छ । १ लाख ११ हजारले लाइक गरेको गीतमा ६ हजारभन्दा बढी प्रतिक्रिया आएको छ । यो गीत विस्तारै चलेको थियो । तर, श्रोताले रुचाउँदै गएपछि दमदार रुपमा चल्यो । गीतमा चक्र बमकै शब्द तथा संगीत छ । विक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा चक्र र गीता ढुंगानाको मोडलिङ छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, भदौ १७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ३०० र चाँदी २५ रुपैयाँले बढ्यो
    गोरखाको सहिद लखनका २० जना बिद्यार्थीहरुलाई छात्रवृति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.