×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भिडियोमा कमजोर बनेको हो प्रिज्मा र प्रिन्सीको क्रेज ?

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ १६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    टिकटक राम्रा प्रतिभाहरु जन्म दिने दरिलो प्लेटफर्म बनिरहेको छ । हुनत, हिजोआज टिकटकमा विकृती पनि प्रष्ट भेटिन्छ । तर, टिकटकबाटै आफ्नो करिअरमा नयाँ फड्को मार्नेहरुको कमी भने बजारमा छैन ।

    अहिले त म्यूजिक भिडियोमा टिकटकबाट उदाएका राम्रा प्रतिभाहरुलाई मेकरले स्थान दिइरहेका छन् । यसैले, भिडियो बजारमा टिकटकबाट आएका प्रतिभाहरुको प्रतिस्पर्धा पनि दरिलो देखिन्छ । |

    टिकटकमा लोभलाग्दो फलोअर्स भएपछि म्यूजिक भिडियोमा पकड बनाएका कलाकार हुन्, प्रिज्मा र प्रिन्सी खतिवडा । यी दुइलाई लिएर म्यूजिक भिडियो बनाउँदा राम्रो भ्यूज जान्छ भन्ने लोभमा धेरै मेकरले काम गरे । हुनपनि हो, केही समय अगाडिसम्म प्रिज्मा र प्रिन्साको बलियो उपस्थिती म्यूजिक भिडियोमा थियो ।

    उनीहरुले अभिनय गरेका धेरै भिडियोको भ्यूज ५० लाखदेखि १ करोडसम्म छ । टिकटकबाट भिडियोमा उदाउँदै गर्दा उनीहरुप्रति आम दर्शकको चासो गज्जबको थियो । पछि, कलाकार सागर लम्सालको प्रवेश भएपछि उनीहरु झनै बलियो बने । सागर, प्रिज्मा र प्रिन्सीले धेरै भिडियोमा एकसाथ काम गरिरहेका छन् ।

    एकातिर, म्यूजिक भिडियो अर्कोतिर टिकटकमा गीतको प्रमोशन गरेवापत राम्रो पारिश्रमिक, प्रिज्मा र प्रिन्सीको करिअर नै परिवर्तन भयो ।

    तर, पछिल्लो समयमा उनीहरुले खेलेका भिडियोले युटुबमा आशातित भ्यूज पाइरहेका छैनन् । हुनत, नेपालका म्यूजिक भिडियो मेकरले राम्रो गीत बनाउने हो भने कलाकारमा महंगो खर्च गर्न आवश्यक छैन भन्ने अझै वुझेका छैनन् । औषत गीतमा जो कलाकारलाई खेलाएपनि गीतले चर्चा नपाउने निश्चित छ ।

    प्रिज्मा, प्रिन्सी र सागरले अभिनय गरेको ‘हुन्छ खोसाखोस’ बोलको गीत रिलिज भएको एक साता बढी भैसक्यो । यो गीतले युटुबमा ३ लाख ६१ हजार मात्र भ्यूज पाएको छ । बजारमा गीतको खासै चर्चा भएन । यी तिन कलाकार राखेपछि भिडियो हेर्ने दर्शकको संख्या ह्वात्तै बढ्छ भन्ने निर्माताको अपेक्षा पुरा भएन ।

    एक महिना अगाडि रिलिज भएको गायक शिव परियारको आवाजमा समावेश ‘नाच फिरिरी’ बोलको गीतमा पनि सागर, प्रिज्मा र प्रिन्सीको अभिनय छ । यो गीतलाई २१ लाखले हेरेका छन् । यो गीत पनि औषत चल्यो ।

    उनीहरुले अभिनय गरेको ‘यस्तो बनोस् मेरो तिज’ बोलको गीत रिलिज भएको करिब २ महिना हुन लाग्यो । गीतलाई करिब ४२ लाखले हेरेका छन् । यो गीतको अडियो तीजको समयमा ठिकै चल्यो ।

    पछिल्लो समयमा राम्रा गीतहरुले दर्शकको साथ विस्तारै पाएका छन्, तर पाएका छन् । यस्तो अवस्थामा प्रिज्मा र प्रिन्सीले पनि अडियो रोजाइमा चुजी बन्न आवश्यक देखिएको छ ।

    एकातिर टिकटकबाटै आएका नयाँ नयाँ प्रतिभालाई मेकरले रोज्न थालेको अवस्था छ भने अर्कोतिर अफर आएका औषत गीतहरुमा पनि प्रिज्मा र प्रिन्साले काम गर्दा मिहिनेतले बनेको क्रेज कमजोर बन्न समय नलाग्ने निश्चित छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, भदौ १६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.