कोलन क्यान्सरबाट पीडित हलिउड अभिनेता अभिनेता चाडविक बोसम्यानको निधन भएको छ ।
४३ बर्षिय बोसम्यान अमेरिकाको लस एन्जलसस्थित आफ्नै निवासमा निधन भएको बताईएको छ ।
बोसम्यानलाई चार बर्षअघि कोलन क्यान्सर देखिएको थियो ।
साउथ क्यारोलिनामा जन्मेका बोसम्यानले सन् २०१३ मा स्टार बन्नु अगाडी एक टेलिभिजन शोमा सानो भूमिकाबाट अभिनय गरेका थिए ।
बोसम्यानले गेट अन अप, फोर्टी टु लगायतका फिल्ममा अभिनय गरेका थिए ।




















