×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्राविधिकलाई जोगाइराख्नु अहिलेको ठूलो चुनौती : प्रशान्त

  •  गोरखा समाचार
  • शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    २०७२ सालमा गएको महाभूकम्पपछि मुश्किलले तंग्रिएको नेपाली फिल्म क्षेत्र यतिबेला कोरोना भाइरसको महामारीले थिलथिलो बनेको छ । विगत पाँच महिनायता फिल्म निर्माण र प्रदर्शन भएका छैनन् । सम्भवत : यति लामो समय यसअघि फिल्म क्षेत्रले कहिल्यै विश्राम लिएको थिएन । फिल्म सम्बन्धि सबै काम रोकिँदा यस क्षेत्रमा आश्रित हजारौं बेरोजगार भएका छन् ।

    कोरोनाका कारण फिल्म निर्माण रोकिएपछि सबैभन्दा समस्या प्राविधिकहरुलाई भएको छ । फिल्ममा काम गरेर परिवारको गुजरा चलाउँदै आएका उनीहरुलाई अहिले विहान बेलुकाको छाक टार्न समेत मुश्किल हुन थालेको छ । तर, उनीहरुको जीवनरक्षाका लागि न फिल्मसँग सम्बन्धित संघ संस्थाहरु गम्भीर देखिएका छन् न त सरकारले नै कुनै राहतको प्याकेज घोषणा गरेको छ ।

    यो अवस्थाबाट फिल्म क्षेत्र कहिले मुक्त होला ? अन्योलस्थिति छ । अभिनेता प्रशान्त ताम्राकार फिल्म क्षेत्र पुरानो अवस्थामा कहिले फर्किन्छ भन्न अहिले नै गाह्रो हुने बताउँछन् । यो अवस्थामा कलाकारहरुले जसोतसो सर्भाइभ गरे पनि प्राविधिकहरुलाई समस्या रहेको उनको भनाई छ । यसका लागि फिल्म सम्बद्ध संघ संस्थासँग सहकार्य गरेर सरकारले सहयोग गर्नुपर्ने उनको सुझाव छ ।

    उनी भन्छन्, ‘प्राविधिकहरु ६ महिनायता कामविहीन छन् । अझै एक वर्ष फिल्म निर्माण नभए उनीहरुले आफूलाई कसरी सर्भाइभ गर्छन् भन्ने अहिलेको जटिल प्रश्न हो । कति प्राविधिकले २०औं वर्षदेखि यही क्षेत्रमा रहेर काम गरेका छन् । उहाँहरु यो क्षेत्रभन्दा बाहिर बसेर काम पनि गर्न सक्नुहुन्न । उहाँहरुलाई कसरी यही क्षेत्रलाई जोगाइराख्ने भन्ने अहिलेको सबैभन्दा ठूलो चुनौती छ ।’

    फिल्म क्षेत्र सञ्चालनमा आएपछि निर्माताको लगानी सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । निर्माता बाँचे कलाकार तथा प्राविधिकको घरमा चुलो बल्ने उनी बताउँछन् । उनले फिल्म क्षेत्रलाई निकास दिन सरकारले विशेष योजना ल्याउनु पर्ने पनि बताएका छन् । यो कठिन परिस्थितिमा फिल्म क्षेत्रलाई राज्यको सहयोगको खाँचो रहेको उनको भनाई छ ।

    ‘डान्सिङ विथ द स्टार्स’ मा सहभागिता जनाउनका लागि रिहर्सनमा व्यस्त रहेका प्रशान्त कोरोनाका कारण आफूले अब के काम गर्ने भनेर सोच्न पनि नसकेको बताउँछन् । उनी भन्छन्, ‘दिमागमा केही सोच नै आएको छैन । म योभन्दा अगाडि २ वर्षका लागि व्यस्त थिएँ । त्यतिबेला अरु सोच्ने समय नै मिलेन । अहिले सबै ठप्प हुँदा एकदमै अन्योल छ । केही सुरु गर्न पनि माहोल छैन ।’

    कोरोनाका कारण धेरै मानिस डिप्रेसनमा गएर आत्महत्या गरिरहेको उल्लेख गर्दै उनले थपे- ‘यस्ता कुरा मेरो दिमागमा नआयोस् भन्नका लागि पनि ‘डान्सिङ विथ द स्टार्स’ मा सहभागिता जनाउन लागेको हुँ । समयको सदुपयोग गर्न पनि राम्रो प्लेटफर्म पाएको छु ।’ फिल्म ‘ऐश्वर्य’ मा अभिनय गरेपछि लाइमलाइटमा आएका उनी पछिल्लो पटक फिल्म ‘क्याप्टेन’ मा देखिएका थिए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, भदौ १३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.