हलिउड अभिनेत्री वेनेसा हेजेन्स सधैं लुक्सका कारण चर्चामा रहन्छिन्। त्यसैले त घरबाट बाहिरिनासाथ मिडियाका फोटोग्राफरहरू उनलाई पछ्याउन थालिहाल्छन्।
हालै अभिनेत्री वेनेसा लस एन्जलसको सडकमा देखिएकी थिइन्। त्यस बेला खिचिएको उनको तस्बिर अहिले भाइरल भइरहेको छ। उनले न्युड कलरको डिप नेक ड्रेसमा ब्राउन कलरको स्यान्डल लगाएकी छन्। उनलाई नीलो रङको नेकलेस, कालो मास्क र म्यासी हेयर स्टाइलमा देख्न सकिन्छ। यस्तो लुक्समा उनी परफेक्ट देखिएकी छन्।
कोरोनाका कारण काम प्रभावित भएपछि केही वि श्राममा रहेकी वेनेसा अहिले काममा फर्किएकी छन्। अमेरिकामा अहिले लकडाउन खुकुलो भएको छ। पछिल्लो समय उनी फिल्म ‘बेड ब्वाइ फर लाइफ’मा देखिएकी थिइन्।


