काठमाडौं । गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक भएको छ । राज सागरको स्वर रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।
भिडियोमा एउटा मोटरसाईकल मिस्त्रीले मन पराएकी युवती (नर्स)लाई डक्टरले मन पराएपछि ती मिस्त्रीको छाट्पटी र प्रेमपीडा प्रस्तुत गरिएको छ ।
विश्व कीर्तिमानी गीतकार उपाध्यायको बियोगान्त यो गीतको भिडियोमा नयन सिंह, परूषोत्तम सानु, रूपा सुनार, रजिना भित्रीकोटीलगायतले अभिनय रहेको छ ।
भिडियोमा रोशिककै निर्देशन, छायाँकन र सम्पादन रहेको छ । गीतमा शाहस शाक्यले संगीत संयोजन गरेका छन् ।




















