×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

यसपालीको तीज सुनसान र खल्लो

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ — कोरोनाले गर्दा भीडभाड गर्ने माहोल छैन । काठमाडौं उपत्यकामा लागेको निषेधाज्ञाको दोस्रो दिन हिन्दु महिलाहरुले हरितालिका तीज । यो वर्ष पोहोरजस्तो भेला भएर नाचगान गर्ने अवस्था भएन । तीजको १ महिनाअगाडि नै दर खाने कार्यक्रम पनि भएन ।

    सबैले घरभित्र थुनिएर सिमित आफन्तबीच तीज मनाए । धेरैले माइतीको आँगन टेक्न पाएनन् । तर, महामारीको त्रासबीच पनि रमाइलो गर्नेहरुले भने रमाइलो गर्न छोडेनन् । केवल यसको शैली र मात्रामात्र फरक रह्यो ।

    महामारीबीचको तीज कस्तो रहृयो त ? अधिकांशको एउटै जवाफ, ‘यसपालीको तीज खल्लो भयो ।’

    अभिनेत्री दीपिका प्रसाईंको यो वर्षको तीज पति दीवाकर भट्टराईसँगै बित्यो । यो उनको बिहेपछिको दोस्रो तीज । माइती जान पाइनन् । ब्रत बसेकी थिइन् । समूह भेला गरेर नाचगान सम्भव नभएपछि उनले घरैमा तीजका गीत बजाएर कम्मर मर्काइन् । दुवैजनाले फोटो पनि खिचे । यो वर्षको तीज खल्लो भएको दीपिका बताउँछिन् । ‘यसपालीको तीज अघिल्लो सालभन्दा खल्लो भयो । अरुबेला एकदम रमाइलो हुन्थ्यो,’ उनले सुनाइन्, ‘यसपाली दर खाने कार्यक्रम पनि भएन । यस्तो अवस्थामा बाहिर निस्कनु पनि भएन ।’

    अघिल्ला तीजहरुमा साथीसंगीसँग भेटघाट गरेर रमाइलो गर्थिन् दीपिका । यसपाली ती ‘क्षण’हरु मिस भएको उनी बताउँछिन् । ‘घरमा हामी दुईबाहेक कोही तेस्रो व्यक्ति पनि छैन । त्यसैले सुनसान भयो, यो तीज,’ उनले बताइन् ।

    कुनैबेला तीजको सिजनमा म्युजिक भिडियोबाटै लाखौं कमाउने मोडल करिश्मा ढकाल यो तीज सुनसान भएको बताउँछिन् । ‘तीज पहिलाको जस्तो भएन । पहिला त धेरैजना हुन्थ्यौं । यसपाली त आमा, म बुवा र दाइहरुसँग बसेर मनाइयो,’ उनले भनिन्, ‘परिवार भेला हुँदा पनि यतिको रमाइलो हुँदो रहेछ भन्ने भएको छ ।’

    तीजमा करिश्मा कहिल्यै घरमा बस्न पाउँदिन थिइन् । स्टेज कार्यक्रमका लागि विदेशमै हुन्थिन् सधैं । अघिल्लो वर्ष पनि उनी दुबईमा थिइन् । यो वर्ष कोरोनाले परिवारसँग तीज मनाउने मौका जुराइदिएको उनी बताउँछिन् । अघिल्लो तीजमा ६० वटा तीज गीतमा अभिनय गरेकी करिश्माले योपटक जम्मा १२ वटा तीज गीतमा अभिनय गरिन् ।

    गत वर्ष गायिका राधिका हमाल तीज कार्यक्रममा गाउँदै दर्शक नचाउँदै हुन्थिन् । यसपटक त्यो माहोल बनाउन सम्भव नभएको उनी बताउँछिन् । यसपाली उनले भर्चुअल तीज मनाइन् । ‘धेरै साथीहरुसँग मेसेन्जरमा भिडियो कल गरेर मनाइयो । गाउँदेखि दिदीबहिनीसँग यसरी भेटघाट भयो । तीजको शुभकामना आदनप्रदान गरियो । नाचगान भएन । भर्चुअल तीजको नयाँ अनुभव गरियो,’ उनले बताइन् ।

    पोहोरको तीज मिस भएको उनी बताउँछिन् । ‘मिस त भइहाल्दो रहेछ । यात्रा गर्दै तीज मनाइन्थ्यो । त्यो सम्झना त भइहाल्छ तर त्यो सम्झना सम्झेर दुखी हुनु हुँदैन,’ उनी सुनाउँछिन्, ‘बाँचेपछि त नाचिन्छ । नाच्नलाई अर्को वर्ष छँदैछ ।’

    यसपटकको तीजमा दर्जन बढी गीत सार्वजनिक गरेकी उनी यसपालीको तीज पोहोरजस्तो नभएको बताउँछिन् । ‘धेरै दर्शकसँग कार्यक्रम गरेर मनाएजस्तो त भएन । यसपटक पनि नराम्रो भएन । अरु दिदीबहिनी नाचेको देखिएन । व्यस्त मन्दिर पनि सुनसान देखियो,’ उनले सुनाइन्, ‘जे होस् कोठाभित्र बसेर आनन्दको तीज मनाइयो ।’

    अभिनेत्री स्वस्तिमा खड्का तीजमा प्रायः सुटिङमै व्यस्त हुन्थिन् । उनी खासै तीज मनाउँदिनन् । ब्रत पनि बस्दिनन् । यसपालीको तीज घरमै बितेको उनी सुनाउँछिन् । ‘म त्यस्तो तीज मनाउँदिनँ पनि । केही नगर्नेभन्दा पनि तीजको दिन तीजको भाइभ्स आउँथ्यो, यसपाली केही भएन,’ उनले सुनाइन् ।

    अभिनेत्री वर्षा सिवाकोटी पनि खासै तीज मनाउँदिनन् । यसपाली कोभिडले गर्दा घर छिमेक तीजमा पनि सुनसान भएको उनले बताइन् ।

    ८ वर्षदेखि तीजको ब्रत बस्दै आएकी अभिनेत्री केकी अधिकारी योपटक पनि ब्रत बसिन् । आमासँग दर पकाइन् । उनको घरमा नाचगान भएन, छिमेकीकै नाचगान हेरेर रमाइलो गरिन् । यसपाली तीजले धेरै कुरा सिकाएको उनी बताउँछिन् । ‘खुशी त आफैंभित्र हुन्छ नि । आफैंभित्र पनि रमाउन सकिन्छ भनेर सिकाएको जस्तो लाग्छ यो तीजले । यो समय सँधै रहँदैन, कटेर जान्छ । अर्कोपटक घरबाट निस्कन पाउँ, मनको डरबाट निसक्न पाउन भन्ने कामना छ,’ उनले भनिन् ।

    यसपालीको तीज ऐतिहासिक भएको केकी बताउँछिन् । यो तीज जीन्दगीभरको लागि यादगार रहने उनको भनाई छ । ‘योपटकको तीज जिन्दगीभरको लागि यादगार तीज हुन्छ होला । अरुबेलाको तीज त बिर्संदै गइन्छ होला । योचाहिँ ऐतिहासिक तीज हुन्छ । योपटक पशुपति पनि सुनसान देखियो । खल्लो पनि लाग्यो,’ उनले भनिन् ।

    अभिनेत्री वर्षा राउत अन्य तीजमा मन्दिर गएर पुजा गर्थिन् । यसपटक मन्दिर जान सम्भव भएन । ‘मन्दिरमा पूजा गर्न जान्थ्यौं । त्यहाँ नाचगान हुन्थ्यो । यसपाली त्यो मिस भयो,’ उनले सुनाइन् । कोभिडकै कारण माइत पनि जान पाइनन् । घरमै बसेर पुजा गरिन् । नाचगान भने नभएको उनी बताउँछिन् ।

    केही समय अगाडि युट्युबबाट हटाइएको तीज गीत ‘नो ब्रत प्लिज’ पनि टोलटोलमा घन्कियो । दिदीबहिनीहरुले यो गीतमा कम्मर मर्काएको पनि देखिन् गायिका सोफिया थापाले । यसरी महिलाहरुले आफ्नो गीतमा नाचेको देख्दा निकै खुशी लागेको उनी बताउँछिन् ।

    हुन त यो गीत सार्वजनिक गरेपछि उनलाई अनेक आक्षेप लगाउनेहरु पनि थिए । उनले फेसबुकबाट बिहानै सबैलाई तीजको शुभकामना व्यक्त गर्दै आफू हिन्दु महिला नै बताइन् । ‘धेरैले मलाई मुस्लिम भन्नु भयो । तीजै नमान्ने भन्ने नसोचुन् भनेर फेसबुकबाट तीजको शुभकामना दिएँ,’ उनले सुनाइन् ।

    उनले तीजको अघिल्लो दिन आमासँग बसेर दर खाइन् । तीजमा घरमा नाचगान भयो । नाचगानमा आमालाई साथ दिइन् सोफियाले । ‘आमा तीजको दिनमा मन्दिर जानु हुन्थ्यो पहिला । म कतै जान्दिन थिएँ । म आफ्नै अनुसारले मनाउँछु । मनाउँदिन भन्ने होइन,’ उनले भनिन्, ‘यसपाली सबै घरभित्र बस्नु पर्‍यो । अलिकति खल्लो भयो । म ब्रतचाहिँ बस्दिनँ ।’

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.