×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कहिले खुल्लान् कोरोनाले थलिएका नाटकघर ?

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं। ७ साउनबाट लकडाउन खुल्यो। सबैतिर चहलपहल बढ्न थालको थियो। रंगकर्मी केदार श्रेष्ठ पनि अवस्था सहज हुने ठान्दै साथीभाइसँग सरसल्लाह लागेका थिए।

    कीर्तिपुरस्थित थिएटर मलमा चैतदेखि लागेको ताला खोल्ने सोचलेमात्र पनि उनलाई उत्साहित पारेको थियो। त्यसैले नाट्यकर्मी साथीभाइलाई बोलाएर छलफल गर्न थालिसकेका थिए।

    तर, उनको उत्साह धेरै दिन टिकेन। जे कारणले मलमा ताल्चा लगाउनु परेको थियो, त्यही कारण फेरी पनि उनी र उनीजस्ता नाट्यकर्मीहरुको कर्ममा बाधक बन्यो।

    लकडाउन खुकुलो भएको केही दिन नबित्दै कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्न थाल्यो, थिएटर मलको ताला खोल्ने श्रेष्ठको उत्साहमा पानी खन्याउँदै।

    “लकडाउन खुलेपछि अब केही सहज हुन्छ भन्ने लागेको थियो। तर, केही दिन पछिबाट संक्रमण झन बढ्न थाल्यो। नाटकको गतिविधि अगाडि बढाउन झनै कठिन अवस्था सिर्जना भएको छ,” उनले भने।

    महामारी सहज होला, थिएटरमा नाटकसँगै चहलपहल फर्किएला भन्ने भन्ने आशा अझै धेरै समयका लागि पछि धकेलिएको छ।

    थिएटर भिलेज नेपालका संस्थापक विमल सुवेदी नाट्यकर्ममा दर्शकको प्रत्यक्ष भौतिक उपस्थिति आवश्यक हुने भएकाले भएकाले तत्काल थिएटर सञ्चालन गर्न सम्भव नभएको बताउँछन्।

    महामारीकै बीच उनले केही दिन अनलाइन कक्षा चलाउने, रिहल्सल गर्नेजस्ता काम गरेका थिए। तर, कोरोनाको त्रास बढ्दै गएपछि अहिले सम्पूर्ण रूपमा थिएटर भिलेज बन्द छ।

    “लकडाउनका बेला घर गएका कलाकार फर्किएका छैनन्। यहीँ उपलब्धहरूबाट रिहल्सल गर्दै आएका थियौं।” सुवेदीले भने, “महामारी बढ्दै गएपछि जोखिम बढ्न थालेपछि बन्द गर्‍यौं। महामारीको अवस्था सहज नभएसम्म नाटक मञ्चन गर्न सकिँदैन।”

    विकल्प छ त ?

    नाटक मञ्चनका लागि थिएटर हल नै आवश्यक पर्छ। त्यस्तै दर्शकको प्रत्यक्ष उपस्थिति पनि आवश्यक पर्छ। यसको कुनै अर्को विकल्प नहुने रंगकर्मी तथा निर्देशक अनुप बरालले बताए।

    महामारी रहुञ्जेल रंगमञ्चको गतिविधि सामाजिक सञ्जालमार्फत हुनुपर्ने उनको भनाइ छ। “यो महामारी कहिलेसम्म सकिन्छ भन्ने यकिन छैन्। यस्तो अवस्थामा दर्शकलाई इङ्गेज राख्न सोसियल नेटवर्कको माध्यमबाट अगाडि बढाउनुपर्छ।” उनले भने।

    अवस्था सहज भएपछि मात्र थिएटरमा नाट्य गतिविधि अगाडि बढाउनुपर्ने भन्दै त्यो अवस्था आउँदासम्म पुराना नाटकको लाइभ-स्ट्रिम गर्न सकिने उनले बताए।

    “स-साना नाटक, नाटकका गीतको प्रस्तुति, नाटकका विषय, रूप र शैलीमाथि बहस-विमर्श लगायतका गतिविधि गर्नुपर्छ। ‘आइसोलेसन’ मा बसेका अलग-अलग र एक्ला व्यक्ति नै यसका दर्शक हुन्छन्,” उनले भने।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.