वैदेशिक रोजगारीका क्रममा नेपालीले भोग्नु परेको व्यथालाई आधार बनाएर निमार्ण गरिएको गीत ‘विरानो देश’ को म्युजिक भिडियो बजारमा आएको छ ।
अमरराज नहर्कीको शब्द रहेको यस गीतलाई लोकप्रिय म्युजिक च्यानल ओएसआर डिजिटल, काठमाडौंले बजारमा प्रशारणमा ल्याएको छ । गीतमा स्वर तथा सङ्गीत नवराज थापाको रहेको छ ।
म्युजिक भिडियोको निर्देशन समुन्द्र पौडेलले गरेका छन् । गीतमा मूख्य कलाकारहरुमा सुदीप पौडेल र पूजा केसी रहेका छन् । गीतमा ड्रोन महेश वाग्ले र छायाङ्कन रमेश शर्माले गरेका छन् ।
नेपालमा बेरोजगारीको समस्याले गर्दा धेरै युवाहरु वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यतात्मक अवस्था रहेको र विदेश गएका कयौं युवा जोखिमयुक्त काम गर्नुपर्दा मृत अवस्थामा फर्किनु परेको कारुणीकतालाई गीतमा समेटिएको छ ।
स्थानीय, प्रदेश तथा संघिय सरकारलाई युवाहरुलाई स्वदेशमा रोजगारी दिने शिक्षा, दिक्षा दिने तथा वातावरण सृजना गर्ने दबाब दिने तथा युवाहरु पनि स्वदेशमै उद्यमशिल बन्न उत्प्रेरित बन्न मद्धत पुगोस् भन्ने उद्धेश्यले गीत विरानो देशको म्युजिक भिडियो निमार्ण गरिएको गीतकार नहर्कीले बताए ।
कार्यक्रम गरी म्यूजिक भिडियो सार्वजनिक गर्ने चाहना भएपनि कोरोनाको कहरले गर्दा सिधै गीत बजारमा ल्याईएको म्युजिक भिडियोकी निर्माता प्रभा नहर्कीले बताइन । प्रेस युनियन तनहुँका अध्यक्ष समेत रहेका पत्रकार अमरराज नहर्की गोरखापत्र दैनिकमा सम्बद्ध छन् ।




















