चर्चित हाँस्य कलाकार दमन रुपाखेती अब हास्य टेलिचलचित्र ‘मेरी बास्सै’ मा खेल्ने भएका छन् ।
उनी १४ बर्षपछि ‘मेरी बास्सै’ मा फर्किएका हुन् । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको मेरी बास्सैको ८० औं भागसम्म निर्देशन गरेर उनी शृङ्खलाबाट बाहिरिएका थिए ।
‘मेरी बास्सै’ मा अब उनले नै निर्देशन गर्ने भएका छन् । उनी पहिले मेरी बास्सैमा ‘घर ज्वाइँ’ को भुमिकामा निभाएका थिए ।
उनी ‘मेरी बास्सै’ मा फर्किएपछि फ्यानहरु धेरै नै खुशी भएका छन् । सानै उमेरदेखी नै अभिनय यात्रा शुरु गरेमा दमनले हाँस्य क्षेत्रमा करिब तिन दशक बिताइसकेका छन्।




















