काठमाडौं – चर्चित गायक सुगम पोखरेलले बुबाको मुख हेर्ने दिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेका छन् ।
उनले गएको शनिवार ‘बुबाः हजुरको याद आउँछ’ बोलको गीत युट्युबमा सार्वजनिक गरेका हुन् ।
गीतमा स्वर, शब्द र संगीत सुगमकै रहेको छ । भने संगीत संयोजन सुजिल कर्माचार्यको रहेको छ ।
सुगमले यस गीतमा आफ्ना बुबालाई सम्झिएका छन् । उनका बुबाको केही महिनाअघि मृत्यु भएको थियो ।




















