×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

तीनपाते : कथा वाचन र प्रस्तुतीमा निजत्वको खोजी

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एउटा चलनचल्तीको भनाई छ, ‘सफलताको लागि अरुले भन्दा फरक काम गर्नुपर्छ भन्ने छैन, बरु त्यही काम फरक ढंगले गरिदिए हुन्छ । यहाँ सफलता र विफलताको भागबन्डा एवं लेखाजोखा गर्न लागिएको होइन । प्रसंग के मात्र जोड्न खोजिएको हो भने, निर्देशक नविन चौहानले ‘तीनपाते’ मार्फत म्युजिक भिडियो निर्माणको फरक शैली सूत्रपात गर्न खोजेका छन् । अर्थात जुन प्रारुपमा म्युजिक भिडियो निर्माण भइरहेको थियो, त्यो पुरातन ढर्रा बेवास्ता गर्दै यसले कथा वाचन र प्रस्तुतीमा निजत्वको खोजी गरेको छ ।

    मौलिक शब्द–रचना, माधुर्य धुनसँगै यसको कथ्यशिल्प चाखलाग्दो छ । ‘तीनपाते’ले जम्माजम्मी ९ मिनेटभित्र पुर्वेली जन–जीविका, भौगोलिक विशिष्ठता, निश्छल पिरती, युवा सपना र ग्रामिण उद्यमको उमंगमय खाका पेश गर्छ ।

    ससर्ती माया–पिरतीको कलेवरमा यसले युवाको उद्यमशिलता बारे देखाउँछ । तर, यसभित्र त्यस्ता थुप्रै मिहिन कुराहरु समेटिएका छन्, जसले ग्रामिण सौन्दर्य उजागर गर्छ । जस्तो मेलापात, हाटबजार, बस्तुभाउ, घरेलु उद्यम, चालचलन । ग्रामिण समाजको आफ्नोपन झल्काउने नाङ्लो–मान्द्रो, मानो, घरेलु तानदेखि पञ्चेबजा, लाहुरे रवाफ जस्ता रोचक कुराहरु समावेश गरिएका छन् । निकै होशियारीपूर्वक गरिएका दृश्य संयोजन र प्रतिकात्मक दृश्यहरुले यसलाई अरु खास बनाएको छ ।

    हुन त यो म्युजिक भिडियो कोरोना सन्त्रास छाउनुअघि निर्माण÷छायांकन भएको हो । कोरोना महामारी उत्कर्षमा पुग्दै गर्दा समाजमा भय, निरासा, कुष्ठा जस्ता विकारहरु थेग्रिदै गयो । ठीक यही मेसोमा सार्वजनिक ‘तीनपाते’ भने कतिका निम्ति मन बहलाउने मेलो बन्न सक्छ, कतिका निम्ति उत्प्रेरणा ।

    कोरोनाको कारण धेरैको जीवन कष्टकर छ । उद्योग धन्दा ठप्प छ, पेशा–व्यवसाय धरापमा छ, रोजगारी संकटमा छ । अर्कोतिर रोजगारी गुमाएर विदेश एवं शहरबाट युवाहरु गाउँ फर्कदैछन् । यसरी गाउँ फर्किएका युवाहरुले आफ्नै चुल्होमा पाकेको भात खाएर, आफ्नो पसिनाले घर–बारी सिंचित गरेर जीवनलाई अरु उन्नत बनाउन सक्छन् ।

    त्यसो त वैदेशिक रोजगारीले गाउँघरमा एक किसिमको सन्नटा छाइरहेकै थियो । उर्बर युवाहरु बाहिरिएपछि घर–आँगन बाँझो रह्यो । मेलापात, अर्मापर्मासँगै गुल्जार हुने गाउँबस्ती उराठलाग्दो भयो । कलकलाउँदो युवाहरुले जति–जति घरको संघारसँग दूरी बढाउँदै गए, उत्तिनै गाउँबस्ती रुखो बन्यो । यस्तो पृष्टभूमीमा ‘तीनपाते’ले एउटा युवाको जाँगर, उत्साह र उद्यमशिलताबाट ग्रामिण जीवनको रहरलाग्दो संभावना पहिल्याउने प्रयास गरेको छ । गजब चाहि के भने, प्रेमिल गीति–कथाको आवरणमा यसले युवा सपना, संघर्ष र सफलताको प्रेरणादायी कथा भन्छ ।

    बालवयबाट हुर्कदै गएको एक अव्यक्त प्रेमकै सेरोफेरोमा गीत रचना गरिएको छ । हर्क साउदले पानी जस्तै तरल र सरल शब्द–संयोजन गरेका छन्, ‘देखेर तिमीलाई, हेरेर तिमीलाई ।’ यसले गीत सुन्ने तिर्सना मेट्दैन, जगाइदिन्छ । जसरी वैशालु उन्माद र तडकभडकबाट मुक्त भएर शब्द गठन गरिएको छ, त्यससँग तालमेल मिलाउँदै सुजन चापागाईले उत्तिकै सरल तर मधुर धुन भरेका छन् । गीत सुजन र विद्या तिवारीले गाएका हुन् ।

    इलामको ग्रामिण भेगलाई पृष्टभूमीमा राखेर भिडियो निर्माण गरिएको छ । हाटबजारमा भेट हुने दुई बालकको प्रेमिल एवं निश्छल लुकिछिपीसँगै कथाको उठान गरिएको छ । इन्टरनेट, मोबाइल, फेसबुक वा भिडियो गेमले अहिलेका बालबच्चाको बालापन खोसेको छ । तीनपातेका दुई बाल पात्रको कथा चाहि अलि अगाडिको समयको प्रतित हुन्छ, जतिबेला इन्टरनेटको मादकताले छोएको थिएन ।

    हाटबजारमा उनीहरुले विद्यालयको पोशाक लगाएका छन्, गोठ एवं हलोलाई खेलौना बनाएका छन्, बाँसको खबटाको पंख बनाएर उडाएका छन् । यस किसिमको बालापनमा रमाएर हुर्किएकाहरु भिडियोले नोस्टाल्जिक बनाउँछ । भिडियोमा मिलन खत्री, अनु काफ्ले, सम्रान्त थापा, नयान नेपाल, आयुष्मा काफ्ले, हर्क साउद, मुना धिताल, कविता थापा, विष्णु कार्की र सुजन खत्रीले अभिनय गरेका छन् ।

    यसअघि पनि निर्देशक चौहानले आफ्ना म्युजिक भिडियोमा ति सुक्ष्म तर घतलाग्दा कुराहरुलाई प्राथमिकतासाथ समेट्दै आएका छन्, जो एउटा पुस्ताको अभिन्न जीवन–भोगाईसँग मेल खान्छ । यसअघि उनले ‘के माया लाग्छ’, ‘लुकिछिपी’, ‘बटौली’ जस्ता म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ ०१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.