नेटफ्लिक्सको चर्चित सिरिजमध्येको एक ‘मनी हेस्ट’को पाँचौं सिजनको छायांकनका लागि कलाकारहरू सेटमा फर्किएका छन् ।
पाँचौं सिजनका लागि सिरिजका दुई चर्चित पात्र बर्लिन र टोकियो पनि पुन: फर्किएका छन् । यसको जानकारी उनीहरूले सामाजिक सञ्जालमार्फत दिएका हुन् । जहाँ पेड्रो अलोन्सो उर्फ बर्लिनले सिरिजका नयाँ पात्र प्याट्रिक क्रियाडोसँग छायांकन सेटमा भएका फोटोहरू सेयर गरेका थिए । टोकियोले पनि बिहिबार इन्स्टाग्राम स्टोरीमा सिरिजमा फर्किन लागेको जानकारी दिँदै लेखेकी छिन्, “आज टोकियो फर्किएको छ । मलाई शुभकामना दिनुहोस् ।”
ad
ad
लकडाउनले चर्चामा ल्याएको यस सिरिजको अहिलेसम्म ४ श्रृङ्खला प्रसारण भइसकेको छ । भने यो पाँचौं श्रृङ्खला सिरिजको अन्तिम श्रृङ्खला हुनेछ । यस कारण पनि दर्शक यसको प्रतीक्षामा छन् ।
स्पेनिस क्राइम सिरिज ‘मनी हेस्ट’ लुटेराहरूको कहानी हो । जसको निर्देशन ओलेक्स पिनाले गरेका हुन् ।
पाँचौं श्रृङ्खला स्पेन, डेनमार्क र पोर्चुगलमा छायांकन गरिनेछ । सिरिजका मुख्य पात्र प्रोफेसर उर्फ अल्वारो मोर्टेले पनि नयाँ श्रृङ्खलाको छायांकनमा फर्किएको खबर सामाजिक सञ्जालमार्फत नै पुष्टि गरेका थिए ।




















