एक महिनाअघि यूट्युबमा अपलोड भएको पुरुषोत्तम पौडेल, शर्मिला गुरुङ, देवी घर्ती मगर तथा खेम सेन्चुरीको ‘तीज महामारी काण्ड’ शीर्षकको तीज गीतको भिडियो अहिलेसम्म ५४ लाखभन्दा बढी पटक हेरिएको छ ।
लोकप्रिय गायक बद्री पंगेनीको यो वर्षको तीज गीतको ‘सेनिटाइजर घसेर’ अत्यन्त लोकप्रिय छ ।
उक्त गीतले यूट्युबमा सात लाख बढी भ्युज पाएको छ ।
गायक पंगेनी तथा गायिका कविता अर्यालको स्वरको उक्त गीतको भिडियोमा शंकर बिसी तथा अञ्जली अधिकारीको जोडीलाई फिचर गरिएको छ ।
गायक दुर्गेश थापाको यो वर्षको तीज गीत ‘बीच्च बीच्चमा ३ बेसार…’ कोरोना भाइरसकै संक्रमण वरिपरी घुमेको छ ।
यो गीतले हालसम्म ५४ लाख भन्दा बढी भ्यूज पाएको छ ।
लोकप्रिय गायक खुमन अधिकारीले त ‘यो मान्छे चिन्छौ, कोरोना ला’छैन’ शीर्षकमै तीज गीत बनाए ।
सम्झना भण्डारी र खुमन अधिकारीको स्वरको उक्त गीतको भिडियो यूट्युबमा १३ लाख भन्दा बढी पटक हेरिएको छ ।
दुर्गा पौडेलद्वारा निर्देशित उक्त गीतको भिडियोमा रामचन्द्र अधिकारी, रमा थपलिया, अञ्जली अधिकारी, खेम सेन्चुरी, शिव पौडेल, प्रकृति कँडेल आदिले अभिनय गरेका छन् ।
गयिका प्रिया भण्डारीले आफ्नो तीज गीतको शीर्षक नै ‘कोरोना र लकडाउन’ राखिन् ।
मनिष पन्थले निर्देशन गरेको उक्त गीतको भिडियोले झण्डै ९ लाख भ्युज पाएको छ ।
गायिका अञ्जु पन्तले गाएको तीज गीत ‘आमाले नदुखाउनु मन’मा कोरोनाका कारण पति गुमाउनु परेपछिको नारीको बिलौना सुन्न पाइन्छ । उक्त गीतमा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत छ ।
लोकप्रिय गायक पशुपति शर्मा तथा गायिका सम्झना भण्डारीको नयाँ तीज गीत ‘लोभी दाइ’ मा पनि कोरोना संक्रमणबाट बच्ने सन्देश पस्किन खोजिएको छ ।
गायक शर्मा आफैंले अभिनय गरेको उक्त गीतको भिडियो १८ लाख भन्दा बढी पटक हेरिएको छ ।
जीवन तामाङ तथा तृप्ति खड्काले तीज गीतको शीर्षक नै ‘कोरोना आयो…’ राखेका छन् । एक हप्ताअघि अपलोड भएको उक्त गीतको भिडिया एक लाखभन्दा बढी पटक हेरिएको छ ।
मदन राज उपाध्याय तथा बिस्ना बिसीले गाएको तीज गीतको शीर्षक छ —कोरोनाले खाइसक्यो ।
तीज भन्ने बित्तिकै गीत–संगीतको कुरा आउँछ ।
विगतका वर्षहरुमा तीज आउन दुई महिनाअघि देखि शहर–बजारदेखि रेडियो, टेलिभिजन र यूट्युबमा तीज गीत घन्किन्थे ।
त्यसरी बज्ने तीज गीतका भाकाहरु कि त मनोरञ्जक हुन्थे कि त चेलीको वेदनाले भरिएका हुन्थे ।
यसपटकको कुरा बेग्लै छ ।
कोरोना संक्रमणको त्रासमा रहेका बेला बनेका कतिपय तीज गीतहरु कोरोना संक्रमण विरुद्धकै सन्देशमा केन्द्रित भएका छन् ।
अर्को शब्दमा भन्नु पर्दा कोरोनाको प्रभाव तीजमात्रै होइन तीज गीतमा समेत परेको छ ।
कोरोना भाइरसको महामारीको बीचमा तीज गीतका सर्जकले चेतनामूलक तथा सन्देशमूलक नयाँ–नयाँ तीज गीत सार्वजनिक गरेका छन् ।
यसरी चाडपर्वको बेला समयसापेक्ष गीत गाउनु सामान्य भएको अधिकांश सर्जकहरुको भनाइ छ ।
बद्री पंगेनी, पशुपति शर्मा, दुर्गेश थापा आदि सर्जकले प्रायः समय सापेक्ष विषयवस्तु समावेश गरेर आफ्ना सिर्जनाहरु तयार पारिरहेका हुन्छन् ।
अझ तीज जस्ता ठूला पर्वमा अधिकांश सर्जकहरु समय अनुसारकै गीत–संगीत सिर्जना गरिरहेको पाइन्छ ।


