अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । सृष्टि र अभिनेता नीराजन प्रधानले अन स्क्रिन रोमान्स गरेको ‘साँझ…’ शीर्षकको गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।
गीतमा दिनेश शंकरको स्वर रहेको छ भने शब्द तथा सङ्गीत पनि गायक शंकरकै रहेको छ । भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । भिडियोमा सानो असमझदारीले छुट्टिन लागेको जोडीलाई मायाले नै फर्काएको कथा प्रस्तुत गरिएको छ । उज्ज्वल जोशीको कलर, सम्पादन र छायाङ्कन रहेको भिडियोलाई नोभिया शंकरले यसलाई निर्माण गरेकी हुन् ।
<iframe width=”420″ height=”315″ src=”https://www.youtube.com/embed/LWqL6CVOcko” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>




















