काठमाण्डौं – अमेरिकामा रहेर निरन्तर गीत संगीत र कृषि कर्म गरेर अघि बढिरहेका गीतकार राजेश अर्यालले ‘आँखामा आँशु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गीतमा स्वर मेलिना राईको रहेको छ भने शब्द प्रदिप सुवेदीको रहेको छ । यस गीतलाई पुरुषोत्तम न्यौपानेले संगीतवद्द गरेका हुन् भने रिकेश गुरुङले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा कमल सिंह र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । चर्चित भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।
अमेरिकाको सबैभन्दा ठुलो नेपाली फार्म ब्रूक मेडो फार्मको लगानीमा भिडियो निर्माण भएको हो । गीतकार अर्यालको अफिसिएल च्यानल ‘राजेश अर्याल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । यस गीतलाई माया गरेर प्रतिक्रिया दिन गीतकार अर्यालले सम्पूर्ण नेपाली गीत संगीत प्रेमीलाई आग्रह गरेका छन् ।


