×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फिल्म सुटिङ सुरु नहुँदा अन्योलमा कलाकार, म्युजिक भिडियोबाट चित्त बुझाउँदै

  •  गोरखा समाचार
  • बुधबार, साउन २८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कोभिड-१९ ले गर्दा फिल्म क्षेत्र करिब पाँच महिनादेखि ठप्प छ । हलमा ताला झुन्ड्याएको छ । फिल्मको छायांकन, प्रदर्शन सबै ठप्प । महिनौं फिल्मको काम बन्द भएपछि कलाकारमा नैराश्य पलाएको छ । काम नपाइने हो कि भन्ने चिन्ता भएको पनि केही कलाकारहरु बताउँछन् ।

    ‘अरुबेला पनि अन्यौलको क्षेत्र हो हाम्रो, काम पाउन सकिन्छ कि सकिदैन भन्ने । तलबमा काम हुने होइन,’ अभिनेत्री केकी अधिकारीले भनिन्, ‘आकाशे खेती भन्ने शब्द प्रयोग हुने क्षेत्र हो हाम्रो । त्यहीमाथि कोरोनाको कहरपश्चात त त्यो अन्यौल झन् बढैको छ । काम एक त थोरै भइरहेको छ, त्यसमा पनि कसले पाउने कसले नपाउने भइहेको छ । फिल्म त बनेकै छैन । फाट्टफुट्ट म्युजिक भिडियो बनिरहेको हो ।’

    लकडाउन खुकुलिएपछि सानो समूहमा म्युजिक भिडियोको छायाङ्कन हुन थालेको छ । म्यूजिक भिडियोमा सक्रिय कलाकारले मात्र यतिखेर काम पाइरहेको केकी बताउँछिन् ।

    अभिनेता विपिन कार्की कलाकारमा कोभिड-१९ ले काम नपाइने चिन्ता बढेको बताउँछन् । ‘४/५ महिना सबै कामबिहीन भएर बस्नु भएको छ । मेरै साथी सर्कलमा मैले यस्तो अवस्था देखिरहेको पनि छु,’ उनले भने ।

    फिल्ममै निर्भर भएर बाँच्ने कलाकारलाई लामो समय काम नहुँदा गाह्रो हुने अभिनेता नाजिर हुसेन बताउँछन् । ‘फिल्ममै निर्भर भएर काम गर्ने कलाकारलाई गाह्रो हुँदो रहेछ । घरबेटीले घरभाडा नदे भन्दैन । लामो समय यत्तिकै बस्दा अलिकति गाह्रो पर्दोरहेछ,’ नाजिर भन्छन्, ‘कहिले हल खुल्छ, कहिले कामहरु सुरु हुन्छ भन्ने कुराले मलाई पनि पिरोलेको छ । अरुको जस्तो १०-५ को काम होइन । हो, हाम्रो काममा जोखिम छ । त्यही काम नहुँदा चिन्ता हुँदो रहेछ ।’

    नाजिरले यसबीच म्युजिक भिडियोमा काम गरे । यी कामहरुले केही राहत मिलेको उनी बताउँछन् । खाली समय किताब पढ्ने, कविता कोर्ने कुरामा मनलाई अल्झाउँछन् नाजिर । तर, कामको विषयमा सोच्दा चिन्ता बढ्ने उनको भनाई छ । ‘कामको कुरा सोच्दाचाहिँ कहिलेबाट कसरी सुरु हुन्छ होला भन्ने कुराले मनमा चसक्क हुन्छ,’ उनले सुनाए ।

    अभिनेत्री वर्षा राउत पनि एक किसिमको अन्यौलले मनमा डेरा जमाएको बताउँछिन् । ‘अलिअलि अन्यौल छ । यो मलाईमात्र भएको होइन, संसारभर यस्तै हो । अहिले त आफ्नो स्वास्थ्यको सुरक्षा हो । तर पनि साथीहरुबीच फिल्मको सुटिङ भइरहेको छैन, कसरी गर्ने होला है भन्ने छलफल हुन्छ,’ उनी सुनाउँछिन् ।

    काम नपाएर कलाकारहरु चपेटामा परेको बताउँछन् विपिन । उनले यसबीच ४/५ वटा फिल्मको स्क्रिप्ट पढे । कयौंले उनलाई म्युजिक भिडियोको अफर गरे । उनले यसबीच ‘डर छैन’बोलको म्युजिक भिडियो गरे । ‘हिजो अवस्था मेरो पनि त्यस्तै थियो । भोली पनि हुन सक्छ ।

    म व्यस्त छु भनिरहँदा म सुरक्षित छु भन्ने मात्रै होइन । अरु कलाकारहरु एकदमै चपेटामा पर्नु भएको छ । यतिबेलासम्म त धानिराख्नु भएको थियो होला तर सबैको लागि प्रयाप्त काम गर्ने अवस्था नबनिसकेको अवस्था हो । म्यूजिक भिडियोले पनि धान्दैन सबै कलाकारलाई ।’

    उनी यो क्षेत्र चलयमान नभएसम्म यी समस्याको समाधान नहुने बताउँछन् । ‘जबसम्म चलचित्र क्षेत्र चलयमान हुँदैन । तबसम्म यो समस्या भइरहन्छ । हरेक क्षेत्रमा यस्तो समस्या भइरहेको बेला नेपाली फिल्म क्षेत्रलाई पनि यो समस्याले केही समय पीरोल्छ नै । किनभने आधा वर्ष जति यसरी नै बितिसकेको छ,’ उनले भने ।

    चलेका कलाकारलाई म्युजिक भिडियो र विज्ञापनले जोगाए पनि अन्य कलाकारलाई कोभिड-१९ ले समस्यामा पुर्‍याएको विपिन बताउँछन् । उनी थप्छन्,’यतिकै २/४ जनाले म्यूजिक भिडियो गरेर आफू सुरक्षितमात्र भएर हुँदैन । कलाकारहरुको बिजोग त हुनेवाला छ अझै पनि । महामारी पनि आक्रमक भइरहेको छ । त्यसैले अन्यौलपूर्ण छ । मलाई दुख पनि लागेको छ ।’

    काम नपाएर निराश कलाकारलाई नआत्तिन सल्लाह दिन्छन् दयाहाङ राई । ‘निराश भइहाल्नु पर्ने आवाश्यकता छैन । लगातार काम गरिरहेका कोभिडले गर्दा चुपचाप बसिरहेका छन् । आज सय प्रतिशत व्यक्तिले काम गरिरहेको छ भने भोलि ८० प्रतिशतले मात्र काम पाउला,’ अभिनेता राई सुनाउँछन्, ‘सबैतिर गम्भीर अवस्था आउँदाखेरी यस्तो सोच आउनु त स्वभाविक हो ।’

    अभिनेता तथा निर्देशक निश्चल बस्नेत संकट हटेपछि काम स्वत बढ्ने अनुमान गर्छन् । ‘अहिलेको ध्यान भनेको कोरोनाबाट आफू कसरी बच्ने भन्ने हो । त्यसपछाडि कामको कुरा आउँछ । काम हुन थालेपछि कमी हुन्छजस्तो लाग्दैन । तर, अहिले त जस्तो अवस्था छ त्यस्तोमा नै रहनु पर्‍यो । लकडाउन पार भएपछि काम नपाउने भन्ने त हुँदैन होला,’ उनले भने ।

    अभिनेत्री सुरक्षा पन्त अन्यौलबीच नै विकल्पतिर ध्यान पुर्‍याउनुपर्ने बताउँछिन् । ‘प्रमुख त फिल्म क्षेत्र नै चलायमान हुन्छ कि हुँदैन भन्ने चिन्ता भयो । हल खोल्ने हो कि होइन । हल खोले पनि दर्शक जाने हो कि होइनन्,’ उनले भनिन्, ‘सरकारले पनि अन्तिम प्राथमिकतामा राखेको छ नि यो क्षेत्रलाई । तर अब यही अवस्थामा पनि कसरी काम गर्न सकिन्छ भन्ने विकल्प पनि खोज्नुपर्छ जस्तो लाग्छ ।’

    उनी खाली समय सिर्जनशील बन्ने प्रयास गर्नुपर्ने धारणा राख्छिन् ।

    कोभिडपछि सुनौलो भविष्यको आश

    कोभिडपछि संख्यात्मक भन्दा पनि राम्रा फिल्म बन्ने आशमा छन् दयाहाङ । विपिन पनि यसमा आशावादी सुनिन्छन् । ‘लकडाउन अगाडिभन्दा पछि तीव्र रुपमा धेरै फिल्महरु बन्ने कुराहरु सुनिरहेको छु । जब सबै खुल्नेछ नेपालमा झन् धेरै फिल्म बन्नेवाला छजस्तो लागिरहेको छ मलाई,’ उनले भने ।

    अभिनेत्री केकी पनि कोभिडपछि आउने परिवर्तनलाई लिएर सकरात्मक सुनिन्छिन् । ‘कोभिडपछि हामीले एकदम राम्रा दिनहरु देख्छौंजस्तो लाग्छ,’ उनले भनिन्, ‘सबै कुरा फिल्टर हुन्छजस्तो लाग्छ । जो फिल्ममा साँचै लगाव राख्छन्, जो लागिपरेका यो क्षेत्रमा उनीहरुमात्र स्थीर भएर बस्छजस्तो लाग्छ ।’

    थप्छिन्, ‘अझ राम्रा-राम्रा सिर्जनाहरु आउँछ जस्तो लाग्छ । अहिले अध्ययन गर्ने मौका मिलेको छ, यो समयमा सिँचित रहेको शक्ति पछि बाहिर निस्कन्छजस्तो लाग्छ ।’

    दर्शकसम्म पुग्न म्युजिक भिडियो

    फिल्मको काम बन्द भएपछि कलाकारले म्युजिक भिडियो गर्न थालेको देखिन्छ । दया, विपिन, केकी र नाजिरले पनि लकडाउन खुकुलिएपछि म्युजिक भिडियोमा काम गरे । फिल्मको काम बन्द भएपछि दर्शकसँग जोडिन म्युजिक भिडियो गरेको उनीहरु बताउँछन् ।

    हालै गायक सन्तोष लामाको स्वरमा ‘डर छैन’ बोलको म्युजिक भिडियोमा देखिएका विपिन दर्शकसँग जोडिन म्युजिक भिडियोमा अभिनय गरेको सुनाउँछन् । ‘जुन माध्यबाट भए पनि दर्शकसम्म पुग्न पाएँ । दर्शकसामु आफ्नो काम पोख्न पाएँ । त्यसले थोरै भए पनि राहत मिल्दो रहेछ,’ विपिनले भने, ‘भिडियोतिर ध्यान जाँदा मनोरोगी भइएन ।’

    आफूलाई अफर आएका गीतहरुमध्ये उनले एउटा मात्र गीत रोजेर गरेका हुन् । असोजबाट ‘प्रासद २’को छायांकनको तयारीमा जाने तयारीमा थिए उनी । तर, काठमाडौंमा कोरोना संक्रमित बढेसँगै छायांकन निश्चित नभएको उनी सुनाउँछन् ।

    लकडाउनपछि अभिनेता पुष्प खड्काले पनि ७ वटा म्युजिक भिडियो गरे । फिल्मको काम नभएपछि म्युजिक भिडियो गरेको उनी बताउँछन् । म्युजिक भिडियोबाट फिल्ममा करियर थालेका पुष्प खड्कालाई यो समयमा कामको अभाव भने भएन । लकडाउनमै एउटा फिल्ममा अनुबन्धित भएका उनलाई पनि काम गर्ने हतारो छ ।

    कोरोनाले वाक्क भएका दर्शकलाई मानसिक राहत दिन आफूले म्युजिक भिडियो गरेको दयाहाङ राई बताउँछन् । ‘एउटा त सम्बन्धको कारण पनि हो । र अहिलेको समयमा धेरै कुराहरु ठप्प छ । यस्तो समयमा दर्शकसँग जोडिन पनि यो गरें । नयाँ गीतले राहत पनि देला भन्ने सोच आयो,’ उनले भने, ‘दोस्रो कुरा बजार ठप्प हुँदा आयस्रोत पनि ठप्प नै भयो । मेरो मात्र होइन अरु सबैको त्यस्तै भयो । यी सबलाई हेरेर स्वास्थ्यलाई पनि ख्याल गरेर काम हुन्छ भने गरौं भनेर गरेको हो ।’

    सबै काम ठप्प हुँदा आफूलाई नैराश्यको भावना नआएको बताउँछन् दया । कोभिडले गर्दा अध्ययन गर्ने समय पाए उनले । ‘विभिन्न कुरा खोज्ने, मनन गर्ने समय पाएको छु,’ उनले भने ।

    हालै ‘डुब्लिकेट माया’बोलको म्युजिक भिडियो गरेका नाजिर ठूलो समूहमा काम गर्ने अवस्था नभएर भिडियो गरेको बताउँछन् । ‘हामीलाई दर्शकसँग जोडिरहन लोभ हुन्छ । त्यो धागो हुन्छ नि त्यो नचुडोस् भन्ने हो। मेरो व्यक्तिगत कुरा मलाई यो क्षेत्रमा टिक्नु छ, जसरी हुन्छ । म्युजिक भिडियोबाट हुन्छ वा मेरो कविताबाट,’ उनी भन्छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, साउन २८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.