×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पृथक शैलीमा बनेको ‘जहाजै चढेर’ (भिडियो)

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन २७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    केही दिनयता टिकटकमा एक गीतले राम्रो चर्चा बटुलिरहेको छ । अमृत क्षेत्री र मेलिना राईको स्वरमा रहेको ‘जहाजै चढेर’ बोलको गीतमा थुप्रैले टिकटक बनाएका छन् । यूट्युबमा पनि यो गीतलाई उम्दा प्रतिक्रिया मिलेको छ । साढे ४ लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको गीतलाई १५ हजार लाइक्स र ९ सयभन्दा बढी कमेन्ट प्राप्त छ । कमेन्ट बक्समा गीतको प्रशंसाले भरिएका प्रतिक्रिया मात्र छन् ।

    अमृत क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा विवी अनुरागीको संगीत संयोजन छ । ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्का निर्देशित गीतको भिडियोमा नेपाली चलचित्रका चर्चित अभिनेता दयाहाङ राई र केनिपा सिंह पहारीले मनछुने अभिनय गरेका छन् । यसअघि यी दुईले चलचित्र ‘साइँली’ मा अभिनय गरेका थिए । बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकास धमलाले गरेका हुन् ।

    गीतको भिडियो चलनचल्तीको भन्दा पृथक शैलीमा तयार पारिएको छ । मण्डला थिएटरभित्र खिचिएको भिडियोलाई नाटक शैलीमा बनाइएको छ । सम्भवतः थिएटरभित्र खिचिएको र नाटक शैलीमा निर्माण भएको यो पहिलो गीत हो । पछिल्लो समय महँगो सेट लगाएर वा आकर्षक लोकेशनमा गीत खिच्ने गरिन्छ । थिएटरभित्रै खिचिए पनि ‘जहाजै चढेर’ गीत आकर्षक बनेको छ । भिडियोको कन्सेप्ट निर्देशक खड्का र अभिनेता दयाहाङको हो ।

    गायक क्षेत्रीका अनुसार, भिडियोको कन्सेप्ट र सेटअपका लागि एक महिनाभन्दा बढी समय लागेको थियो । गीतको भावअनुसार भिडियो तयार भएकोमा उनी खुसी छन् । यो गीत आफ्नो करिअरको दोस्रो टर्निङ पोइन्ट मान्छन्, उनी । लकडाउनको समयमा उनलाई यो गीत फुरेको थियो र लकडाउन अन्त्य भएपछि गीतको छायांकन गरिएको थियो । गीतलाई मिलेको सकारात्मक प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको गायक क्षेत्री बताउँछन् ।

    गीतको बारेमा उनी भन्छन्, ‘गीतले कोरोनाका कारण स्वदेश फर्किन नपाएका युवाहरुको कथा भन्छ । यो समयमा सबैलाई आफ्नो परिवारसँग बस्ने मन हुन्छ । तर, परदेशमा रहेका युवाहरु चाहेर पनि स्वदेश फर्किन पाएका छैनन् । गीतले यही कथा वाचन गरेको छ । गीत लेख्दै गर्दा म आफैं पनि कति ठाउँमा भावुक भएको थिएँ ।’ उनले थिएटर बेसमा भिडियो बनाउनु चुनौतीपूर्ण भए पनि दर्शकले रुचाएकोमा खुसी व्यक्त गरे ।

    भिडियो :-

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, साउन २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.