अहिले विश्वभर फैलीएको कोरोनाका कारण हरेक ब्यक्तिहरु त्रासीत भईरहेका छन् । कोरोना जस्तो महामारी रोगसंग सामना गर्न तथा जागरुकताको लागी सरकार मात्र नभई कलाकारहरु पनि लागि परेका छन् ।
यस्तैमा भारतमा पनि सरकारसंगै कलाकारहरु जागरुकताको लगाी पहल गरिरहेका छन् । बलिउडका कलाकारहरुले पछिल्लो समय सोशल मीडियामा भीडियो तथा स्ट्याटस पोष्ट मार्फत आफ्नो फ्यान्सलाई उक्त खतरनाक बिमारीको बारेमा सचेतना जगाई रहेका हुन्छन् ।
बलिउडका सुपरस्टार सलमान खानले पनि कोरोना बारेमा लगातार भिडियो र फोटो शेयर गरेर जागरुकता फैलाई रहेका छन् । भर्खरै सलमानको एक भिडियो शोसल मीडियामा भाईरल भईरहेका छन् । जस्मा उनि डाक्टर र पुलिसहरुलाई ढुंगा बर्षाउनेहरु प्रति आक्रोस पोखिरहेका छन् । सलमान खानले आफ्नो ईन्ट्राग्राम मार्फत उक्त भिडियो शेयर गरेका हुन् । भीडियोमा सलमानलाई एकदमै रिसाएको अनुहारमा देखिएको छ ।
बाँकी भीडियोमा के के भनेका छन्, तल हेर्नुहोस्


