नायिका करिश्मा मानन्धर लकडाउनका करण समस्यामा परेकाहरूको सहयोगमा जुटेकी छिन् । उनले आफ्नो घर वरिपरी डेरा गरी बस्ने र समस्या भएका मानिसहरुको लागि सहयोगको हात अगाडि बढाएकी छिन् । उनले, सामाजिक संजालमा स्टाटस लेख्दै केही समस्या भएको खण्डमा गोदावरी भिलेज स्टूडियो अर्थात मानन्धर निवासमा सम्पर्क गर्न अनुरोध गरेकी छिन् ।
करिश्माको यो अनुरोध आएपछि केही मानिसहरु उनको घरसम्म पनि पुगेका छन् । करिश्माले केहीलाई सहयोग गर्न सकेको तर पूर्ण तयारी नगरिएकाले पनि केहीलाई फर्काउन परेको भन्दै भोली गरौला समेत भनेकी छिन् । करिश्माले सबैलाई आफ्नो नजिकका परिवार, छिमेकीहरुलाई सहयोग गर्न पनि अपिल गरेकी छिन् ।
कतिपय मानिसहरु उनको स्टाटस हेरेर सातदोबाटोबाट गोदावरीसम्म हिडेर पुगेको पनि बताएकी छिन् । साथमा रिश्माले सामाजिक संजालमा केही नयाँ सुन्द तस्वीरहरु पनि पोष्ट गरेकी छिन् । तस्वीर पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘फोटो त हाल्न परिहाल्यो, नत्र बिर्सिएला’ ।
फोटो/भिडियो करिश्माको फेसबुकबाट






