गाेरखा । विजया दशमीको पहिलो टीकाको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको पखेटामाथि उदाउँदै गरेको सुनौलो सूर्यको मनमोहक दृश्य ।
दसैँको टीकाकै दिन पनि कोही रोजगारीका लागि त कोही आफ्नो कर्म र जिम्मेवारी पूरा गर्न विदेश यात्रामा निस्कँदै छन् ।
आँखामा सुन्दर भविष्यका सपना, मनमा परिवारको माया र हृदयमा स्वदेशको सम्झना बोकेर यात्रा गर्ने सम्पूर्ण नेपालीको यात्रा सुरक्षित र सफल रहोस् ।
तस्बिर : प्रदीपराज वन्त





