×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मेरो देशको एक मुठी माटोको असाद्धै माया छ !

  •  
  • शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नवीन क्षेत्री

    भर्खरै मात्र भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी लाई समेटेर आफ्नो नया नक्सामा मज्जैले सजायको छ । यति खेर हिमाल पहाड तराई लगायत सम्पुर्ण ठाउमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीको रगत उम्लियको छ । हुन पनि किन नउम्लियोस त आफ्नै पल्ला घरे ठुला बा ले बारिको साध (सिमा) मिच्दा त खुन तातेर आउँछ भने यहाँ त आफ्नै देशको सिमानाको कुरो छ । दिन दिनै भारतिय बिस्तारबादको नारा लगाउदै Go back india भन्दै हजारौ युवा पुस्ता ,वृद्ध बृद्दा ,देखि सम्पुर्ण नेपाली आन्दोलन गरिरहेका छन ।

    मुख्य त काठमाडौ केन्द्रीकृत गरि भारतिय दुताबास घेराउ गर्न दिन दिनै नेपाली युवा युबतिको ठुलै जमात देखिन्छ । भारतले आज मात्र हैन हाम्रो नेपालको माटो लाई गिद्दे नजर लगायको ,आज भन्दा कयौ अघि राजा महाराजा, पन्चेको पाला देखिनै हाम्रो नेपालको सिमा लाई आफ्नो पन्जामा पार्न हर दिन हर रात प्रयासरत नै छन । कयौ ठाउको नेपाली भुभाग त गिद्दले सिनो झम्टेझै झम्टेर आफ्नो पासोमा पारिसके । हुनत म न लिम्पियाधुरा पुगेको छु, न लिपुलेक पुगेको छु, नत कालापानी नै तर मेरो देशको एक मुट्ठी माटो जहाको भए पनि मलाइ असाद्धै माया छ ।

    हाम्रा सपूतहरु वीर गोर्खाली नेपालीको रगत र पसिना बाट बचेको हाम्रो सिङ्गो नेपाल आमाको कोख लाई कैले भारतले लात्ती हान्ने, कैले चाइनाले लात्ती हान्ने यी र यस्ता दुख कस्ट हामिले धेरै सहेर बसेउ । हामी चाहे पुर्बका हौ चाहे पश्चिमको हौ हामी जहाको भए पनि पहिला नेपाली हौ नेपाल रहे न नेपाली हौ । भारत सङ्ग सिमाना जोडिएको नेपाल तर्फको तराइ भु–भागका सिमानाको बुवा आमा, दाजुभाइ, दिदिबहिनीहरु आज नेपालको माटोमा सुतेका हुन्छन भोलि बिहान उठ्दा खेरी भारती भुमिमा परेका कयौ घटनाहरु हामिले दिन दिनै अखबार तथा रेडियो टेलिभिजनमा हेरेका छौ सुनेका छौ । हामी एक छिन सुन्ने शक्ति त राख्न सक्दैनौ भने अब आफै कल्पना गरौ सिमानाका नेपाली जनता कसरी बाचेर बसेका होलान ।

    आफ्नो भुमी रक्षाको निम्ति कयौ चेलिहरु बलात्कृत भए, कयौ आमा दिदीबहिनीको शिन्दुर पुछियो, कयौ दाजुभाइहरु तातो गोलिको सिकार भए । कयौ आज सम्म पनि घाइते अपाङ्ग भयर बसेका छन । अब हामी नेपाली कतिन्जेल सम्म भारतको हेपाहा प्रवृत्ति र बल मिचाइको दोसाँधमा पिल्सियर बस्ने । नेपालको कयौ हेक्टर जमिनहरु भारतले लगे कसैलाइ अत्तोपत्तो छैन । कयौ जङ्गे पिलरहरु रातारात सारे कसैलाई चासो छैन । हजारौ सिमास्तम्भहरु आज पनि सिमामै लडिरहेका छन । उठाउने फुर्सद कसैलाई छैन । देशको बारेका कस्ले सोच्ने ? यो देश लाई कस्ले बचाउने ? हामी नेपाली वीर गोर्खाली भनेर नाक मात्र फुलायर बसेर सिमाको रक्षा कस्ले गर्ने ? निकै सोच्ने बेला आयको छ ।

    तपाई मान्नुस या नमान्नुस एक राजा फालेर हजारौ राजा बनेको देशको हालत सबै यहि फोहोरी राजनितिले गर्दा यस्तो सृजना भएको हो । राजनिती भन्ने शब्द सुन्दा पनि घिन लागेर आउछ । देश भन्दा माथी उठेर काम गर्ने हो भने असम्भव भन्ने कुरा केही छैन । भाइ फुटे गोबर लुटे भनेझै हामी नेपाली एक आपसमा झैझगडा नगरी मिलेर अघि बढ्नुको बिकल्प केही छैन । राजनीतिको आडमा बसेर कोहि नेपाल लाई सिङ्गापुर बनाउछु भन्छन कोहि स्विजरल्यान्ड बनाउछु भन्छन । कुरो यहाँ नीर छ । आफ्नै सिमानामा ढलेको पिलर उठाउने हिम्मत नहुने हुत्तिहाराले यस्तो र उस्तो बनाउछु भन्दा पत्याउने हामी कस्तो ? सिहदरबार र बालुवाटार भित्र पस्न सपना देख्ने यी रास्ट्रबादको खोल ओढेका ब्वासोहरुको घैटोमा घाम किन लादैन ?

    आज नेपाली जनताको अगाडि आखामा छारो हालेर जनता भुल्याउने अनि भारत गयर लम्पसार पर्ने यो पुरानो परम्परा लाई कुन चाहिँ माइकालालले तोड्न सकेको छ ? यहाँ त उहीँ पुरानै घुमिफिरी रुम्जाटार भनेझै भाको छ । जनता लाई गाउँ गाउमा सिहदरबार आयो भन्दै लुटतन्त्र, भ्रष्टाचार, बलात्कार सबै उच्च तहका ब्वासोहरु बाट दिनहु भैरहेको छ । दिनहु उच्च ओदाका महामहिमहरु नै जेल चलान भैरहेको देख्दा के यिनिहरु बाट नेपाल आमालाई पचाउन सकिन्छ ? यो राजनीतिको बिकृती,बिसङ्गतिले गर्दा लाखौ युवा युवती आज पनि खाडिमुलुकको ४० डिग्रीको घाममा रगत र पसिना बगाउन बाध्य छन । बिकाश निर्माणमा देशको मुख्य रोल भनेको राजनितिले गर्छ । त्यसैले अब पनि यहि राजनितीमै रोमल्लि रहने हो भने सिमाना मात्र मिच्ने हैन पुरै देश नै नमिच्ला भन्न सकिन्न ? अझै समय छ हामी सङ्ग यदि साच्चै नेपाल र नेपालिको हक र हितको लागि यो फोहोरी राजनीति गर्छौ भने हात हतियार, भालाले हैन उच्चस्तरीय बार्ता बाट नेपालको सिमा बिबादको टुङ्गो लगाइयोस ? घरमा सिरक भित्र बसेर लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो भनेर केही हुने वाला छैन । उच्च तहमा बसेका हाम्रै महाराजाहरु लाई हामिले सचेत गराउनु बाहेक अरु बिकल्प छैन । नेपालको शान्तीसुरक्षा देश र जनताको हकहितको निम्ति लड्ने भनेर कसम खायका प्रहरी जबानहरु नै आज भ्रष्टाचारको दलदलमा फसेका छन । नेपाली सेना अन्य सैनिकहरु रास्ट्रको ठेकेदार बन्न पुगेको छ । त्यसैले सबैले आँखा खोलौ आखा

    गोरखा नगरपालिका २ कोखे आहाले

    यो लेख लेखक क्षेत्रिको आफ्नो बिचार हो

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.