गोरखा समाचारदाता
गोरखा – लोकप्रिय गायक प्रमोद खरेलको पछिल्लो गित ‘तिमी फूल हौ’ बजारमा आएको छ ।
साङ्गितिक रियालिटी शो ‘द भोईस अफ नेपाल’का एक प्रमुख निर्णायक प्रमोद खरेलको आवाजमा रहेको ‘तिमी फूल हौं’ बोलको गीत तथा इलाममा छायांकन गरिएको हो ।
संगितकार राजकुमार बगरको संगित र बिरेन्द्र कुमार बलामीको शब्दमा तयार भएको उक्त भिडियोको निर्माण तथा बजार व्यवस्थापन एभरेष्ट ग्यालरीले गरेको छ ।
लोकप्रिय मोडल सनम कठायतसंगै भिडियोमा हिमा थापालाई आकर्षक मुन्द्रामा देख्न सकिन्छ। अन्जन शर्माको निर्देशन , टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाइको छायांकन रहेको उक्त गीत रिलिज पुर्वनै टिकटकमा चर्चा कमाएको छ ।




















