गोरखा समाचारदाता
गोरखा – जिल्ला सदरमुकामको हरमटारी चोकमा रहेको एक घरबाट चोरी भएको छ ।
चोकैमा रहेको हिमालयन गोरखा नेट प्रालिबाट समसाझै चोरी भएको हो । चौबिसै घण्टा ड्युटी हुने उत्त स्थानबाट चोरले सजिलै चोरी गर्न सफल भए पछि भने प्रहरीको सुरक्षा ब्यवस्थालाई लिएर सर्व साधारणहरुले गुनासो गर्न थालेका छन ।
सिसिटिभीको पूर्ण निगरानीमा रहेको हरमटारी चोक नजिकैको हिमालयन गोरखा नेटमा राती ८ः५३ बजे झ्यालबाट छिरेर १ थान ४२ इन्चको स्मार्ट टेलिभिजन र १ थान राउटर चोरी गर्न सफल भएको प्रालिका राजेन्द्रप्रसाद न्यौपानेले बताए ।
४० हजार मुल्य बरावरको सामान चोरी भएको अनुमान गरीएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
प्रहरीको नाकको ढाडी मुनी नै चोरी हुदाँ पनि चोर पत्ता नलाग्नुले प्रहरीको सुरक्षा व्यवस्थालाई लिएर धेरैले आशंका गरेका छन् ।



