×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा सेवा समाजद्धारा मानव सेवा आश्रमलाई सहयोग

  •  
  • आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – विदेशमा बस्ने गोरर्खालीको संस्था गोरखा सेवा समाजले मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग गरेको छ । सडकमा बेसाहारा जीवन बिताइरहेका मानिसहरुलाई आश्रय दिइरहेको आश्रम सञ्चालन मा सहयोग पुरयाउने उदेश्यले २ लाख ५० हजार रकम प्रदान गरिएको हो ।

    ‘नेपाललाई सडक मानव मुक्त बनाउने अभियानका साथ उहाँहरु लागिरहनुभएको छ, गोरखा नगरपालिका मानव मुक्त घोषणा भइसकेको छ’ गोरखा सेवा समाजका अध्यक्ष कैलाशबाबु श्रेष्ठले भने ‘उक्त अभियानलाई थोरै भएपनि सहयोग पुगोस् भनेर हामीले यो सहयोग गरेका हौं ।’ गोरखा सेवा समाज कतारले रोगजारीका लागि कतार पुगेका गोरर्खालीहरुसँग संकलन गरेको उक्त रकम गोरखा सेवा समाज मार्फत शनिवार मानव सेवा आश्रमलाई हस्तान्तरण गरिएको हो ।

    समाजको पहिलो अधिवेशन तथा तेश्रो साधारण सभाको अवसरमा गोरखामा आयोजित एक कार्यक्रमका वीच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । ‘गोरखा नगरपालिकाले नेपालकै पहिलो सहयोगापेक्षी सडक मानव मुक्त नगर बन्ने जुन सौभाग्य प्राप्त गरेको छ’ नगर प्रमुख पन्तले भने ‘हामी सबैले यस्तै सहयोग गर्न सक्यौं भने पुरा नेपाललाई नै एक दिन सडक मानव मुक्त बनाउन सकिन्छ, भन्ने लाग्छ ।’

    रकम बुझ्दै मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले कतारमा बस्ने गोरर्खालीहरुले आफ्नो गाँस कटाएर नेपाललाई सडक मावन मुक्त बनाउने अभियानमा सहयोग गरेको प्रति आभार व्यक्त गरेका थिए । ‘कतारमा बस्ने गोरर्खाली दाजुभाई यति ठूलो पुण्यको काम गर्नुभएको छ म शब्दमा व्यख्या गर्न सक्दिन’ उनले भने ‘यसरी नै सबैको साथ सहयोग मिल्यो भने अब छिट्टै हामी नेपाललाई सडक मानव मुक्त बनाउन सक्छौं ।’

    समाजले मानव सेवा आश्रम गोरखालाई यस अघि पनि २ लाख सहयोग गरेको थियो । यस अघिको २ लाख र अहिलेको २ लाख ५० हजार गरी ४ लाख ५० हजारको अक्षय कोष स्थापना गर्ने बताइएको छ । उक्त रकमको ब्जाज मानव सेवा आश्रम गोरखामा रहेका बालबलिकाहरुको शिक्षा र भरणपोषणमा खर्च गर्न सकिने समाजका अध्यक्ष श्रेष्ठले बताए । त्यसको अलवा पनि विभिन्न पटक गरेर झण्डै एक लाख रकम सहयोग गरिएको समाजले जनाएको छ ।

    असहाय तथा अनाथ बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आश्रमको गोरखा शाखा २०७३ साल चैत्र ५ गते स्थापना भएको थियो । मनाव सेवा आश्रमले गोरखा शाखालाई बालगृहको रुपमा सञ्चालन गर्दै आइरहेको छ । आश्रममा देशभरबाट उद्धार गरिएका ३६ जना असहाय र अनाथ बालबालिका आश्रममा आवासिय सुविधा सहित बस्दै आएका छन् ।

    उनीहरुको पठनपाठनको व्यवस्था पनि आश्रमले नै गरेको गोरखा शाखा संयोजक मुना लामाले जानकारी दिए । सडक मानवको पनि उद्धार गर्दै आएको आश्रमले गोरखा नगरपालिकालाई सडक मानव मुक्त घोषणा समेत गरिसकेको छ । मुठ्ठी दान मार्फत भाडाको घरमा सञ्चालन भइरहेको आश्रमले आफ्नो घर बनाउने योजना समेत बनाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.