×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रहरी चौकीमा लिखित उजुरी नै पर्दैनन्

  •  
  • आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    गोरखा – छेकम्पारमा रहेको सिमा प्रहरी चौकी स्थापना भएको ५२ बर्ष पूरा भयो । २०२४ सालमा गोरखा र चिनको तिब्बत सिमा क्षेत्रलाई लक्षित गर्दै स्थापना भएको यस प्रहरी चौकीमा हालसम्म एउटा पनि लिखित उजुरी परेको छैन ।

    गोरखाबाट झण्डै ५ दिनको पैदल यात्रामा पुगिने छेकमको सो चौकीमा हाल ७ जना प्रहरी कार्यरत छन् । त्यसो त गाउँमा झैझगडा र विवाद नै नहुने पनि होइन । तर त्याहाको विवाद प्रहरीसम्म नै आइपुग्दैन । ‘लिखित उजुरी परेको चौकीमा अहिलेसम्मको रेकर्ड मै छैन’ सिमा प्रहरी चौकी छेकमपारका इन्चार्ज कृष्णबहादुर सिंखडाले भने ‘गाउँमा हुने विवाद गाउँकै लामाहरु बसेर मिलाउछन्, प्रहरीमा उजुरी दिनुपर्छ भन्ने परिपाटी नै छैन यहाँ ।’

    लामा जातीको बसोबास रहेको यस क्षेत्रमा हुने अधिकांश विवाद गाउँमै छलफलबाट टुंग्याउने थिती छ । प्रहरीसम्म आइपुगिहाले पनि मौखिक मात्रै उजुरी आउछ । ‘कुनै विवादमा हामी आवस्यक भए मौखिक रुपमा बोलाउछन्, गाउँभरीका मान्छे बसेर छलफल गर्छन्’ सिंखडाले भने ‘हामी भाषा पनि बुझ्दैनौ, के छलफल भएको भनेर उनिहरुसंगै सोध्नुपर्छ, हामी त साक्षी मात्रै बस्ने काम हुन्छ, सबै उनिहरु आफैले टुंग्याउछन् ।’

    संघियता लागु भएर जनप्रतिनिधी आएपछि त झनै मौखिक उजुरी पनि कम भएका छन् । गाउँमा हुने जग्गा, सिमा, घरझगडा लगायतका विवादहरु अहिले सिधै वडाध्यक्ष कहाँ पुग्न थालेका छन् । ‘गाउँमा विवदै नहुने भन्ने होइन, दिनदिनै जसो झगडाका कुरा आउछन्’ चुमनुब्री गाउँपालिका ७ का वडाध्यक्ष पासाङ फुञ्जो लामाले भने ‘वडामा पनि लिखित चाहि आउदैनन, मिलाइदिनु परयो भन्न आउछन् ।’

    त्यसो त छेकम्पारमा मात्रै होइन सिर्दिवासमा रहेको प्रहरी चौकीको रेकर्डमा पनि लिखित उजुरी भेट्टाउन मुस्किल छ । १० जना दरबन्दी रहेको यस चौकीमा हाल ७ जना प्रहरी कार्यरत छन् । ‘पोहोर ७५÷७६ को बर्षभरीमा ९ वटा उजुरी आएको थियो, यो बर्ष खासै छैन’ प्रहरी चौकी सिर्दिवासका इन्चार्ज डोलराज रानाभाटले भने ‘मौखिक आउनेलाई लिखित ल्याउनुस भन्दा पनि ल्याउदैनन्, धेरैजति मौखिक उजुरीकै भरमा केस मिलाइदिनुपर्ने अवस्था छ ।’

    उत्तरी क्षेत्रमै रहेको अर्को प्रहरी चौकी जगतको अवस्था पनि उहि छ । भूकम्पपछि अस्थायी टहरोमा रहेको यस चौकीमा पनि लिखित उजुरीको रेकर्ड पाइदैन । ‘उजुरी नै आउदैन, आइहाले पनि मौखिक नै हो’ प्रहरी चौकी जगतका इन्चार्ज राजु पौडेलले भने ‘यहाँको परम्परा नै यस्तै हो, हामीलाई भाषाको पनि समस्या छ, छलफलमा गयो के भनेको भनेर उनिहरुकै सहयोग लिनुपर्ने बाध्यता छ ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.