×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘पालुङटारको लक्ष्य मोर्डन हुँदै स्मार्ट सिटी’

  •  
  • शुक्रबार, कार्तिक १५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पालुङटार नगरपालिका नेपालकै एक संभावना बोकेको नगरपालिका हो । चेपे, मस्याङ्र्गदी, दरौंदी र भसुण्डे खोलाको विचमा अबस्थित यो नगरपालिका नेपालको मध्ये भागमा पर्ने सबै ठूलो टारमा अबस्थित छ । खेति योग्य उर्बरा भूमी, ऐतिहासिक, धार्मिक र पर्यटकिय ठाउँहरु भएको उक्त नगरपालिकाले ईन्जियरलाई मेयरको रुपमा पाएको छ । स्थानीय निर्वाचन पूर्व देखि स्मार्ट सिटिको रुपमा चर्चामा रहेको पालुङटार अहिले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना निर्माण गरेर बिकासको बाटोमा अघि बढेको छ । यसै सन्र्दभमा गोरखा समाचारदाता नरेन्द्र ढकालले मेयर दिपकबावु कंडेलसँग कुराकानी गरेका छन् ।

    पालुङटार नगरपालिकाको मुख्य प्राथामिकता के हो ?
    पालुङटार नगरपालिकाको मुख्य प्राथमिकता पूर्वाधार बिकास हो । नगरपालिकाको केन्द्र र वडा कार्यालय जोड्ने बाटोलाई पहिलो प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइलाई प्राथमिकतामा रहेका काम गरिरहेका छौं । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले भत्काएका सबै विद्यालय भवन हामी बनायौं । अहिले कुनै विद्यालय टहरामा पढ्नु पर्ने अबस्था छैन् ।

    पालुङटारलाई स्मार्ट सिटी बनाउने भन्नुभएको थियो, प्रगती कस्तो छ ?
    पालुङटार नगरपालिकालाई आधुनिक सहर बनाउन सकिन्छ भन्ने मेरो धारणा हो । अनि मात्र मोर्डन सिटिबाट यसलाई स्मार्ट सिटिमा रुपमान्तरण गर्न सकिन्छ । त्यसका लागि पहिले पूर्वाधार बिकासको काम गर्नुपर्ने देखिन्छ । हामी भर्खर खुल्ला दिशामुक्त नगरको भएका छौं । सबै नागरिकको घरमा धारा पुगिसकेको छैनन् । नगरक्षेत्रका सडक स्तरोन्नतीको काम बाँकी छ । यी सबै काम गरिसकेपछि पालुङ्टार आधुनिक सहर बन्छ । स्मार्ट सिटि भनेपछि आइसिटीसँग सम्बन्धित हुन्छ । हाम्रा सबै कारोबारहरु विद्युतिय माध्यम मार्फत हुनुपर्छ । नगरक्षेत्रका सबै कुरालाई विद्युतिय प्रविधिमा व्यवस्थित गरेर मोर्डन सिटिहुँदै स्मार्ट सिटिमा फड्को मार्ने हाम्रो योजना हो । पहिला आधुनिक पूर्वाधारहरु बिकास गरौं त्यसपछि जनता पनि स्मार्ट हुन्छन्, स्वस्फूर्त रुपमा स्मार्ट सिटी बन्छ ।

    तपाइँ ईन्जिनियर अनि नगरप्रमुख पनि, बिकासको खाका कस्तो होला ?
    पालुङटार नगरपालिकाले अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना निर्माण गरिसकेको छ । हामीले ३० वर्षसम्मको दिर्घकालीन योजना समेत बनाएका छौं । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि जस्ता आधारभूत सेवालाई कसरी प्रभावकारी बनाउने ? पूर्वाधार बिकासका कामलाई कुन ढङ्गले अगाडी बढाउने सबै खाका निर्माण भइसकेको छ । हामीले शहरी बिकास योजना अनुसार सडकहरुको वर्गीकरण गरेर आवश्यक मापदण्ड पनि बनाएका छौं । अनाधिकृत रुपमा जथाभावी डाँडाकाँडा भत्काउने काम बन्द भएको छ ।

    योजना निर्माणको कुरा गर्नुभयो । योजना मात्र बनाइएको हो या बजेट पनि त्यहीअनुसार व्यवस्थापन गरिएको छ ?
    राज्यले वित्तिय समानिकरण अनुसार दिएको पैसालाई हामीले आफ्नो योजना अनुसार खर्च गर्ने गरेका छौं । हामीले राखेको लक्ष्य र उदेश्यलाई ख्याल गरेर योजनाहरु बनाइएको छ । त्यसैमा प्रयाप्त बजेट गरिएको छ । केन्द्र सरकारले हामीलाई धेरै सहयोग गरेको छैन् । कम्तिमा एउटा आधुनिक बसपार्क, एउटा सुबिधा सम्पन्न आइसिटि बिल्डिङ र एउटा कर्मसेल्स बिल्डिङको अपेक्षा गरेका छौं । नगर बिकास कोससँग पनि समन्वय भइरहेको छ । तर हामीले चाहे जस्तो सहयोग प्राप्त भएको छैन् ।

    पालुङटारमा लगानी भित्र्याउन भन्दै गत वर्ष विज्ञ सम्मेलन पनि गर्नुभएको थियो । उपलब्धी कस्तो रह्यो त ?
    तत्कालिन अवस्थामा हामीले पालुङटार नगरपालिका भित्र रहेर देश तथा विदेशमा रहनुभएका विज्ञहरुको सम्मेलन गरयौं । पालुङटार नेपालकै उद्गम स्थल लिगलिगकोट भएको नगरपालिका भएकाले यसलाई खेलकुद पर्यटनसँग जोड्न सकिन्छ । दौडिएर राजा छान्ने परम्परा रहेको लिगलिगकोटमा दौड मार्फत नै कसरी आन्तरिक तथा बाह्य पर्यटक तान्न सकिन्छ भन्ने बारेमा छलफल गरयौं । पर्यटकिय राजधानी पोखरा र देशकै राजधानी काठमाण्डौसँग कसरी जोड्ने बारेमा योजनाहरु बनाएका छौं । कृषि पालुङटारको अर्को प्राथमिकताको क्षेत्र हो । सोही अनुरुप यहाँ कतै दुध कोरिडोर, कतै लिचि तथा केराको पकेट क्षेत्र र केही क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र बनाएर काम सुरु भएको छ । त्यो चाँही त्यही विज्ञ सम्मेलनको उपलब्धी हो । सम्मेलनमा सहभागी विज्ञहरुले नै कुन क्षेत्रमा के काम गर्नु उपर्युक्त हुन्छ भनेर प्रस्ताव गर्नुभएको थियो । सोहीका आधारमा हामीले कार्यक्रम डिजाइन गरेका छौं । कोल्डस्टोर निर्माण काम पनि अघि बढेको छ ।

    च्याङ्लीमा औद्योगिक क्षेत्र बनाउने विषय कहाँ पुग्यो ?
    पालुङटार नगरपालिका काठमाण्डौ, चितवन, पोखरा जस्ता ठूला महानगरहरुको वीचमा छ । यहाँ प्रस्तत मात्रमा जमिन छ । त्यसैले च्याङ््लीलाई गण्डकी प्रदेशकै नमूना औद्योगिक क्षेत्रको रुपमा विकास गर्नु पर्छ । देशमै सबै भन्दा बढि विद्युत उत्पादन हुने मस्र्याङ्गदी करिडोर यही क्षेत्रमा पर्छ । त्यसैले विद्युतको अभाव नहुने, बाटोको अभाव नहुने, काम गर्न सजिलो र जग्गा पनि सहज रुपमा प्राप्त गर्न सकिने भएकाले यहाँ औद्योगिक क्षेत्र स्थापना गरिनु पर्छ भनेर हामी लागिरहेका छौं । सङ्घिय र प्रदेश सरकार दुबै च्याङ्लीमा औद्योगिक क्षेत्र बनाउनु पर्छ भन्ने कुरामा सहमत हुनुहुन्छ, तर अहिलेसम्म औपचारीक निर्णय भएको छैन । गण्डकी प्रदेशको समृद्धि र देशकै समृद्धिका लागि मध्यभागमा रहेको पालुङटारमा औद्योगिक क्षेत्र बनाउन उपर्युक्त हुन्छ ।

    पालुङटार विमानस्थल सञ्चालन गर्ने विषयमा नगरपालिकाले के पहल गरिरहेको छ ?
    पालुङटार एयरपोटबाट गोरखा, लम्जुङ, तनहुँ र मनाङबासीले सेवा लिन सक्छन् । हामीले बिमानस्थल सञ्चालनका लागि मन्त्रालयमा कुरा गरिहेका छौं । नेपालमा भएको पहाडी एयरपोटहरु मध्येमा सबै भन्दा ठूलो धावन मार्ग भएको पालुङ्टार बिमानस्थल हो । यसलाई सञ्चालन गर्न सकियो भने अन्नपूर्ण क्षेत्र, मनास्लु क्षेत्र जाने पर्यटकलाई सहज हुन्छ । पोखरा बिमानस्थल निर्माण भइसकेपछि यसलाई टे«निङ सेन्टर र लोकल ट्रमिनलको रुपमा बिकास गराउन सकिन्छ ।

    नगरपालिकामा दैनिक सेवा प्रवाहको कामलाई कसरी सञ्चालन गर्नुभएको छ ?
    हामीले १० वटै वडा कार्यालयलाई अनलाइन मार्फत नेटवर्किङ गरेर सञ्चालन गरेका छौं । हरेक वडामा के काम भईरहेको छ म आफू नगरपालिकामा बसेर अनुगमन गरिरहेको छु । हामीसँग जनशक्तिको अभाव छ । भएका जनशक्ति पनि सबै दक्ष हुनुहुन्न । आइसिटी बेस काम गर्न धेरै गारहो भएको छ । समाजिक सुरक्षाभक्ता बैंक मार्फत उपलब्ध गराउने गरेका छौं । नगरपालिकाले दिने सम्पूर्ण सेवालाई चुस्त, दुरुस्त र पारर्दशी बनाउने प्रयास गरेका छौं । जनशक्ति नहुँदा नहुँदै पनि सेवाको क्षेत्रमा केही फड्को मारेका छौं ।

    अन्त्यमा, तपाईकोले अहिलेसम्मको कामलाई कसरी समीक्षा गर्नुहुन्छ ?
    म नगर प्रमुख भएर नेतृत्व सम्हाल्दै गर्दा पालुङटार नगरपालिकाको ५८१ किलोमिटर सडक मध्ये १९ किलोमिटर पिच थियो, अहिले करिब ४० किलोमिटर कालोपत्र भएको छ । करिब १०० किलोमिटर ग्राभेल रोड निर्माण गरेका छौं । स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, सिंचाइ जस्ता सेवालाई प्रभावकारी बनाउदै लगेका छौं । पालुङ्टार नगरपालिका धेरै अगाडी बढिसकेको छ । हाम्रा सबै काम आइसिटी मार्फत भएका छन् । त्यसको मूल्याङ्कन जनताले घरमै बसेर गरिरहनुभएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक १५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनकाे भाउ तोलामा १२ सयले बढ्यो
    सुन र चाँदीकाे भाउ बढ्याे (कतीमा काराेबार हुदै छ त ?)
    १ मन अलैंचीको मूल्य १ लाख ७ हजार रुपैयाँ पुग्याे, हालसम्मकै उच्च मूल्य
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.