काठमाडौं । नेपाली बजारमा आज फेरी सुन र चाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेर १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी, आज चाँदीको मूल्य पनि तोलाdf ५० रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।




















