काठमाडाैं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ८०० र चाँदीकाे भाउ ताेलामा १० रुपैयाँले बढेकाे हाे ।
सुनकाे बढेसगै ताेलाकाे १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ८४० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।




















