गोरखा समाचारदाता
गोरखा – गोरखाको महादेवटारमा रुखबाट लडेर एक पुरुषको ज्यान गएको छ ।
भिमसेन थापा गाउँपालिका ८ को महादेवटारमा बिहान घाँस काटन दवदवेको रुपमा चढेका स्थानिय ४१ बर्षिय रामजी दराईको ज्यान गएको हो ।
भिमसेन थापा गाउँपालिका ८ का वडाध्यक्ष बाशुदेव थापाले दिएको जानकारी अनुसार बिहान ११ बजे गाई बस्तुकालागि घाँस काट्न रुख चडेको दराई हागा भाचिएर जमिनमा छचारीएका थिए ।
मृत्तक दराईको छातीमा गहिरो चोट लागेको छ । रुखबाट लडेका दराईको घटना स्थलमा नै मृत्यु भएको थियो ।
रुख चढ्दै गर्दा आफन्तले देखेका उनलाई घटना लगत्तै हारगुहार गरेको भएता पनि उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।



