गोरखा समाचारदाता
खोटाङ्ग – खोटाङ सदरमुकाम देखी विराटनगर जान लागेको एउटा यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी दर्जन बढी घाईत भएका छन ।
दिक्तेल बाट विराटनगर तर्फ जादै गरेको को. १ ख ६३२० नम्बरको बस तुवाचुङ्ग नगरपालिका —१० काँमीडाँडामा आज बिहान ५ बजे दुर्घटना हुदा दर्जन बढी घाईते भएकोे खोटाङ प्रहरीले जानकारी दिएको हो ।
घटना के कति कारणले भएको भन्ने प्रारम्भीक जानकारी प्राप्त हुन सकेको छैन । सडक देखी ५० मिटर तल खसेको बसका चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।



