गोरखा समाचारदाता
सोलुखुम्बु – सोलुखुम्बु घुम्न गएका एक विदेशी नागरिक मृत फेला परेको छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा ४ लबुछेमा रहेको एक होटलमा वेलायती नागरिक केलीनु जोसेफ मृत फेला परेको सोलुखुम्बु प्रहरीले जनाएको हो।
होटलमा सुति रहेको अवस्थामा मृत फेला परेका बेलायती नागरिकलाई कानूनी प्रकृया पुरा गरी संघिय राजधानी काठमाण्डौं लगिएको छ । मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।



