गोरखा समाचारदाता
नवरलपुर – नवलपुरको गैडाकोट क्षेत्रमा बसले मोटरसाईकललाई ठक्कर दिदाँ दुई जनाको ज्यान गएको छ ।
गैडाकोट नगरपालिका ९ को थुम्सीमा काठमाण्डौंबाट दाङ्ग तर्फ जादै गरेको ना. ५ ख ६६३७ नम्बरको बसले गैडाकोट तर्फ आउदै गरेको ना. १० प ६५२७ नम्बरको मोटर साईकललाई ठक्कर दिदाँ मोटर साईकलमा सवार दुवै जनाको ज्यान गएको गैडाकोट प्रहरीले जानकारी दिएको छ ।
एक आपसमा ठक्कर खाएर गंभिर घाईते भएका मोटर साईकल चालक गैडाकोट नगरपालिका ७ बस्ने प्रकाश सापकोटा र सोही मोटर साईकलमा सवार सोही स्थानका सेन्ताष जिसीलाई उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लगिएको थियो ।
दुवैको उपचारको क्रममा ११ः४५ बजे मृत्यु भएको चिकित्सकहरुले जानकारी दिएको छ । घटना लगत्तै बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।



